१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

विराटनगरमा हटलाइन सेवा सुचारु

विराटनगर महानगरपालिकाका नगरबासीले आफ्नो गुनासो सिधै हटलाई ( टोल फ्रि)सेवामार्फत राख्न सक्ने भएका छन्। महानगरपालिकाले हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको हो।  

महानगरबासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख नागेश कोइरालाले बताएका छन्। महानगरबासीका कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने उनको भनाइ छ। हटलाइन सेवा चौबिसै घण्टा खुला रहने छ।

‘महानगरसँग सम्बन्धित जुनसुकै समस्या र गुनासा हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने छन्,’ प्रमुख कोइरालाले भने, ‘गुनासा र सुझावलाई सम्बन्धित महाशाखा र शाखामार्फत प्राथमिकताका आधारमा सम्बोधन हुनेछ।’ महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर १६६०२१४२२२२ रहेको छ। महानगरबासीले इमेल गरेर समेत आफ्ना गुनासा र सुझाव दिन सक्ने व्यवस्था मिलाइएको प्रमुख कोइरालाले बताए।  

केही हप्ता पहिलादेखि नै हटलाइन सेवा परीक्षणका लागि सञ्चालनमा ल्याइएको र असोज १ गतेदेखि भने औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ। हटलाइनको व्यवस्थापनको जिम्मा महानगरको नगर प्रहरीलाई दिइएको हो। हटलाइनमार्फत आएका गुनासा र सुझाव नगर प्रहरीले टिपोर्ट गरेर प्रमुख र उपप्रमुखसहित सम्बन्धित महाशाखा र शाखा प्रमुखलाई उपलब्ध गराउने छ। त्यहाँ उपलब्ध भएका गुनासालाई चाँडोभन्दा चाँडो सुनुवाइ हुने बताइएको छ।

प्रकाशित: १ आश्विन २०७९ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App