२० आश्विन २०८१ आइतबार
image/svg+xml

अमेरिका–युरोप मोहमा युवाः न विदेश, न सम्पत्ति

केही वर्षअघिसम्म रुकुमका मानबहादुर ओलीलाई दैनिक गुजारा चलाउन खासै समस्या थिएन। गाउँमा जग्गाजमिन पुग्नेजति थियो। मेहनत गरे पुग्नेजति उत्पादन सहजै लिन सकिन्थ्यो। तर उनको चाहना यतिमै रोकिएन। साथीको लहलहैमा लागेका उनलाई अमेरिकाको प्रलोभनले सतायो। र, यतिखेर त्यही प्रलोभनका कारण उनी घर न घाटका भएका छन्। अमेरिका जान भन्दै पुर्ख्याैली सम्पत्ति बेचेर दलाललाई ४० लाख रूपैयाँ बुझाएका उनको तीन वर्ष बित्दासमेत विदेश यात्रा सफल हुन सकेको छैन।

प्रिज्मा एड्भरटाइजिङको ३०औं वार्षिकोत्सव

एड्भरटाइजिङले ३०औं वार्षिकउत्सव मनाएको छ। रचनात्मक नेतृत्व र ३६० डिग्रीको ब्रान्ड स्टिवार्डसिपको मूल उद्देश्यबाट अगाडि बढेको प्रिज्माले सुरुआतमा झैं आज पनि त्यही उद्देश्यलाई आत्मसाथ गर्दै अगाडि बढ्दै आएको विज्ञप्तिमा जनाएको छ।

५० एचपी फोर ह्विल ट्र्याक्टर सार्वजनिक

अमेरिकाको डियर एन्ड कम्पनीको सहायक कम्पनी जोन डियर इन्डियाले ५० एचपी फोर ह्विल ड्राइभ नयाँ ट्र्याक्टर नेपालमा सार्वजनिक गरेको छ।

अन्तर्राष्ट्रिय राजनीतिमा चीन र अमेरिका

चीनसँगको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पश्चिमा शक्तिमा मतभेद देखिएको छ। यसो हुनुको कारण सोभियत संघभन्दा फरक चीनको नीति फराकिलो र वस्तुगत हुनु पनि हो।

भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा

प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमण क्रममा बुधवार प्रस्थान गरेका छन्।

संविधानले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको छ: राजदूत खतिवडा

अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले नेपालको संविधानले नागरिकको हक अधिकार, मानवअधिकार र प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको बताएका छन्।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता: ‘कार्यान्वयन अत्यन्त कमजोर’

अध्ययनमा युरोपियन युनियनसहित विश्वका ३६ प्रमुख राष्ट्र समेटिएकोमा तापमान वृद्धिलाई एक दशमलव पाँच प्रतिशतमा मात्र सीमित पार्ने दिशामा गाम्बियाले मात्र काम गरेको पाइएको छ। कार्बन उत्सर्जनमा यी राष्ट्रको योगदान ८० प्रतिशतभन्दा बढी छ।

महामारी सम्बोधनको वैकल्पिक योजना

महामारीका बेला हिलो छ्यापाछ्याप गर्न कति उपयुक्त होला तर विश्वका नेताबीच एकापसमा वार्तालाप हुन नसक्दा विश्वव्यापी सहयोग र सहकार्य लगभग सम्पूर्ण रूपमा टुटेको छ।

कोभिड–१९ र मानव स्वतन्त्रता

अमेरिका धनी राष्ट्र भए पनि अपेक्षा गरेअनुसार अन्य राष्ट्रको तुलनामा त्यति शिक्षित राष्ट्र छैन। खोप लगाउन अनिच्छुक धेरै अमेरिकी विज्ञान शिक्षाको कमजोर प्रभाव भएका राज्यका छन्।

एआई क्रान्ति र चीनसँग रणनीतिक प्रतिस्पर्धा

अफ गानिस्तानमा भएका पछिल्लो विकासक्रमले साझा उद्देश्य परिपूर्तिका लागि अमेरिकाले थप गृहकार्य गर्न आवश्यक रहेको देखाएको छ। रणनीतिक प्रति स्पर्धात्मक वर्तमान युगमा चालिने सही कदमले विश्वको रूपान्तरण हुन सक्छ भने गलतले सबैलाई बगाउन सक्छ।

अमेरिकामा बाढी र आँधी: ४४ को मृत्यु

अमेरिकामा आएको बाढी र आँधीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्युयोर्क र न्युजर्सी राज्यमा गत बिहीबार रातभरी बाढी र आँधी आएको थियो। सो घटनालाई धेरैले ऐतिहासिक घटनाको संज्ञा दिएका छन्।

फाइजर खोप आए भण्डारण चुनौती

फाइजरको खोप भण्डारण स्थल बनाएर मात्र ल्याउन सकिने अवस्था छ। फाइजरको खोप माइनस ७० डिग्री ताफक्रममा मात्र भण्डारण गर्न मिल्छ। त्यसका लागि आवश्यक पर्ने फ्रिज नेपाली बजारमा नभएकाले अन्तर्राष्ट्रिय कम्पनीलाई अर्डर गरेरमात्र बनाउन मिल्छ।

अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारको उद्धार

तालिबान विद्रोहीहरुले अफगानिस्तानको केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि अमेरिकी सेनाले काबुल विमानस्थल नियन्त्रणमा लिएर अफगानिस्तान छाड्न चाहनेहरुलाई बाहिरिन सहयोग गरेको थियो।

अझै तालिबानको कब्जाबाहिर पन्जसिर उपत्यका

तालिबानका लागि पन्जसिर उपत्यका अन्तिम चुनौती बनेर खडा भएको छ। यस क्षेत्रलाई तालिबानसहित बाँकी विश्वले पनि चासोका साथ हेरिरहेको छ। हिन्दुकुश पहाडले घेरिएको यो क्षेत्र तालिबानविरोधी शक्तिकेन्द्रका रूपमा चिनिएको छ।

तालिवानले दुर्व्यवहारका घटना वृद्धि गरेकाे अमेरिकाकाे आराेप

तालिवान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो व्यक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्