१४ आश्विन २०८१ सोमबार
image/svg+xml

बाँके निकुञ्ज क्षेत्रबाट समातिए थप तीन सिकारी

बाँके राष्ट्रिय निकुञ्जले एक थान भरुवा बन्दुकसहित थप ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिमाटी निवासी २६ वर्षीय खेमबहादुर थापा, २० वर्षका बीरबहादुर पुन र ३८ वर्षिय रमेश घर्ती रहेका छन्।

गोरु तस्करीको अन्तर्य : गोरु रोक्नेलाई धम्की र प्रलोभन

‘तपाईलाई पनि हामी मिलाउँछौँ,तपाईले गाडी छोडिदिनु पर्यो,’ राजुलाई ति एजेण्टले प्रलोभन पार्न खोजे ‘तपाईलाई पनि केहि हुन्छ, मिलेर काम गरौँ ।’ खुलेआम गरिएको आर्थिक प्रस्तावले गोरु तस्करी भैरहेको प्रमाणित भयो । अनि राजुले ईलाका प्रहरी कार्यालउ कुसुमलाई गोरु तस्करी बारे जानकारी गराए । तर प्रहरी आईपुगेन ।

कोरोना संक्रमण बढेपछि बाँकेमा ३ दिन कर्फ्यु लगाउने तयारी

नेपालगन्जमा समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा कर्मचारीसहित २७ जनामा संक्रमण देखिएपछि निषेधाज्ञा जारी गर्ने तयारी गरिएको हो ।

बाँकेमा एक वर्षमा साढे २३ हजार सवारी कारबाहीमा

गत आर्थिक वर्षमा २३ हजार ७४३ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा छ हजार ९५२ ट्रक, चार हजार ९८१ जीपकार, चार हजार २९ बस, तीन हजार ८७० मोटरसाइकल, दुई हजार ७६२ ट्रयाक्टर, ५४७ टेम्पो र ५४६ अन्य सवारी साधन कारबाहीमा परेका छन् ।

बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुपर्ने निर्णय कोहलपुरको नगर सभाबाट पारित

कोहलपुर नगरपालिकाले बाँके र बर्दियालाई प्रदेश पाँचबाट अलग गरेर कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय गरेको छ । नगरपालिकाको हालै सम्पन्न सातौं नगर सभाबाट कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय सर्वसम्मत रुपले पारित गरेको हो । यसअघि नेपालगन्ज उपमहानगरपालिकाले पनि बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने नगर सभाबाट पारित गराएको थियो ।

बाँकेमा कार दुर्घटना हुँदा दुईको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिक्टा जंगलमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १४ च २७८९ नम्बरको कार मंगलबार दिउँसो अन्दाजी पौने २ बजेतिर आफै अनियन्त्रित भएर रुखमा ठोक्किएर दुर्घटनामा परेको हो ।

बाँके प्रहरीको १७ बुँदे कार्ययोजना सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न १७ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। प्रहरी प्रमुखको रुपमा हालै सरुवा भएर आएका एसपी ओमबहादुर रानाले सोमबार पत्रकार भेटघाट गरेर आफ्नो कार्ययोजना सार्वजनिक गरेका हुन्।

बाँकेमा आइसोलेसन अस्पतालको कमी, सुस्त गतिमा परीक्षण

समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि बाँके अहिले उच्च जोखिममा छ । बाँकेमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । जसमध्यै २३ जना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ हुन । बाँकेसँगै प्रदेश ५ को अवस्था जटिल बन्दै गएको छ ।

काेराेना त्रासः संक्रमितका परिवार र आफन्त निगरानीमा

बाँकेमा फेला परेका कोरोना संक्रमित ब्यक्तिका परिवार तथा आफन्तलाई कडा निगरानीमा राखिएको छ। नेपालगन्जका मस्जिदमा बसोबास गर्ने ब्यक्तिको स्वाब परीक्षण गर्दा डिएसपी रोड निवासी ६० बर्षिय पुरुषमा शुक्रबार कोरोना भाइरसको संक्रमण देखिएको थियो।

बाँके र बर्दियालाई कर्णालीमा गाभ्न सुझाव

प्रदेश ५ मा रहँदा बाँके र बर्दिया जिल्ला हरेक हिसाबले पछाडि पर्ने निस्कर्ष निकाल्दै नेपाली कांग्रेसका अधिकांश नेता, कार्यकर्ताले कर्णाली प्रदेशमा गाभिनुको विकल्प नरहेको पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।

हिउँदे झरीले दुई जिल्लाका आलु किसानलाई एक अर्ब घाटा

आलु खेती असोजको अन्त्यतिर गर्न सकिन्छ। आलु खेती अलि छिटो गर्दा हिउँदे वर्षाबाट हुने क्षतिलाई केही कम गर्न सकिन्छ।’

बाँके र बर्दियालाई कर्णालीमा गाभ्न कसरत

बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु गरिएको छ। प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न यी दुई जिल्लामा क्रियाशील राजनीतिक दल, नागरिक समाजलगायतले कसरत सुरु गरेका हुन्।

सयपत्री र मखमली फूलमा बाँके आत्मनिर्भर

सयपत्री तथा मखमली फूलमा बाँके आत्मनिर्भर बन्दै गएको छ। यसैले अहिलेको तिहारमा जिल्लामा भारतीय फूल नभित्रिने भएको छ। बाँके तथा आसपासका जिल्लामा उत्पादन भएका फूल पर्याप्त भएपछि भारतबाट सयपत्री र मखमली फूल नल्याउने भएको व्यवसायी बताउँछन्।

गरिमा धान नफलेपछि किसान चिन्तित

थोरै समयमा धेरै फल्ने भनी बाँके बर्दियाका किसानले रोपेको गरिमा जातको धान नफलेपछि किसानको बिचल्ली हुने भएको छ। एक सय २० दिनमा तयार भई तोरी छरेर चैते धान रोप्ने उद्देश्यले रोपिएको गरिमा जातको धान १५० दिन हुँदा पनि नपसाएपछि किसानहरु चिन्तित भएका हुन्।

अविरल वर्षाले बाँके खजुराका सयौं घर डुबानमा

अबिरल वर्षाले बाँके, खजुराका सयौं घर डुबानमा परेका छन्। वर्षाले स्थानीय जेठी नालामा पानीको सतह बढ्दा खजुरा गाउँपालिका वडा नम्बर ६ र ७ का सयौं घर डुबानमा परेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जानकारी दिएको छ। समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले खजुरा गाउँपालिकाको वडा नम्बर ६ र ७ डुबानबाट बढी मात्रामा प्रभावित भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्