१४ आश्विन २०८१ सोमबार
image/svg+xml

दोषीलाई कारबाहीको माग गर्दै तरुण दलको प्रदर्शन, २ घण्टा चक्का जाम

खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा भएको घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै मंगलबार नेपालगन्जमा दुई घण्टा चक्काजाम गरिएको छ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अगुवाईमा प्रदर्शनसहित चक्काजाम गरिएको हो।

दोषीलाई कारवाही माग गर्दै बाँके प्रशासन घेराउ

बाँकेको सितापुरमा राष्ट्रिय जनजागरण कार्यक्रम चलिरहेका बेला जिल्ला सभापतिसहित नेता, कार्यकर्तालाई आक्रमण गर्ने व्यक्तिलाई कारबाही माग गर्दै नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ।

बाँके घटनालाई लिएर संसद अवरोध, बैठक स्थगित

प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्धा चलाउन नपाईने भन्दै विरोध गरेपछि प्रतिवादमा कांग्रेस सांसदहरु विरोधमा उत्रिएका हुन्।

राष्ट्रिसभामा पनि कांग्रेसको अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बांके घटनाका वास्तविक अभियुक्तलाई कारवाही गर्नुपर्ने माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ।

गृहमन्त्रीलाई गगनको प्रश्नः हाम्रो सभापतिको हात भाँच्ने नेकपा नेता कहिले पक्राउ पर्छन?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले बाँके घटनाबारे सरकारले तथ्यलाई तोडमोड गर्न खोजेको आरोप लगाएका छन्।

बाँकेमा ८० प्रतिशत रोपाइँ

बाँकेमा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। विगत एक महिनादेखि पर्याप्त मात्रामा वर्षा भएकाले धान रोपाइँको दर पनि ह्वात्तै बढेको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ।

चार दिनदेखि दुईवटा शव अस्पतालमै

सोमबार सम्पन्न सर्वपक्षीय बैठकले गरेको निर्णय अनुसारको माग पूरा नभएसम्म आफन्तले मृतक दुवैजनाको शव नबुझ्ने समेत सांसद् साहको दाबी छ।

बाँकेमा चट्याङ परेर आगलागी हुँदा ३९ घर जलेर नष्ट

बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन्।

बाँकेका एक हजार ८३२ ले रोजगार पाउने

सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ले रोजगारी पाउने भएका छन्।

सर्वोच्च अदालतको आदेशपछि बाँकेका तीन सय नागरिकता खारेज

बाँके जिल्लामा वंशजका आधारमा वितरण गरिएका झण्डै ३०० नागरिकता खारेजीमा परेका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, रझेना, खजुराखुर्द र मनिकापुरका ती नागरिकता खारेजीमा परेका हुन्।

मध्यवर्ती क्षेत्रको खेती निकुञ्जका जन्तुलाई

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खासकुश्मा सौरीका किसान चुर्णबहादुर भण्डारीले यसपालि आफ्नो गहुँबाली राम्ररी स्याहार्नै पाएनन्। बाँके राष्ट्रिय निकुञ्जबाट आएका जन्तुले उनको गहुँ सखाप बनाए। तारबार नभएका कारण गहुँबाली जोगाउन धेरै प्रयास गरे पनि सम्भव नभएको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्