१७ असार २०८१ सोमबार
image/svg+xml

मन्त्री गिरीलाई पदबाट फिर्ता बोलाउने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मन्त्री गिरीले पार्टी अनुशासन विपरीत कार्य गरेकाले हटाउने निर्णय गरिएको र सो विषयमा प्रधानमन्त्रीलाई पत्राचारसमेत गरिएको जानकारी दिए।

राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा

राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो सताभित्र केन्द्रीय परिषद् बैठक वीरगन्जमा गर्ने भएको छ । पार्टीको वैचारिक दृष्टिकोणमा जनताको चाहनाअनुसार परिमार्जित तथा सांगठनिक अवस्था सुदृढीकरण गर्न उक्त बैठकमा छलफल गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

झापा ३ मा राप्रपाका लिङ्देन विजयी

झपा क्षेत्र नम्बर ३ मा र वाम गठबन्धन समर्थित राप्रपाका राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनी काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै प्रतिनिधि समा सदस्यमा विजयी भएका हुन् ।

माडी पुगेर राप्रपा नेता लामाले दाहालको पक्षमा भोट मागे

राप्रपा प्रजातान्त्रिकका महामन्त्री रेशम लामाले चितवन पुगेर पुषपकमल दाहालका लागि भोट मागेका छन्। चितवन ३ बाट वाम गठवन्धनका संयुक्त उम्मेदवार पुष्पकमल दाहाल र राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डे चुनावी मैदानमा उत्रेका छन्। लामा उद्योग राज्यमन्त्री समेत हुन्।

राप्रपालाई लक्षित गर्दै योगेश भट्टराईले भने- 'कांग्रेसले मरेको पशुको सिनो बोकेको छ'

नेकपा एमालेका सचिव योगेस भट्टराईले कांग्रेसले लोकतान्त्रिक गठबन्धनको नाममा अहिले मरेको पशुको सिनो बोकेको आरोप लगाएका छन् । पञ्चायतका अवशेषको रुपमा रहेको राप्रपा प्रजातान्त्रिकजस्ता  गन्हाएको सिनो बोकेर आफैँ नाकमुख थुन्दै हिँडिरहेको छ ।

राप्रपाका नेता काँग्रेसमा प्रवेश

–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ललितपुर क्षेत्र नं– १ का अध्यक्ष प्रकाशबहादुर खत्री नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। काँग्रेसद्वारा बिहीबार बेलुका आयोजित नव आगन्तुकलाई पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष खत्री विधिवत् रुपमा पार्टीमा प्रवेश गरेको बताइएको छ। खत्रीसमेत ४० जना राप्रपाका नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको सो क्षेत्रमा काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका अर्थराज्यमन्त्री उदयशम्शेर राणाले बताए।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी गराउन देउवा र राणाबीच छलफल

बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विषयमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा.धवलशम्शेर राणाबीच छलफल भएको छ।

राप्रपाद्वारा बीपीको मेलमिलाप सिद्धान्तसहितको चुनावी घोषणापत्र सार्वजनिक

बीपीको मेलमिलाप सिद्धान्तलाई आधार मानेर राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। उसले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा उभ्याउँदै महेन्द्रकालिन राष्ट्रवादको नारालाई मूल आधार मानेको छ।

वामगठबन्धनको समर्थनमा राप्रपाका लिङ्देनको उम्मेद्वारी दर्ता

आगामी मंसिर २१ गतेको प्रतिनिधि सभाको निर्वाचनका लागि झापाको क्षेत्र नम्बर ३ बाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेद्वारी दर्ता गराएका छन्। उनले वाम गठबन्धनको समर्थनमा आज मध्याह्न उम्मेद्वारी दर्ता गराएका हुन्।

काँग्रेस-राप्रपाको गठबन्धन यथावत रहने

झापा-३ मा काँग्रेसको उम्मेदवार उठाउने निर्णय एवं मकवानपुरमा कमल थापालाई समर्थन गर्न नसक्ने जिल्ला नेताहरुको भनाइपछि संकटमा परेको काँग्रेस(राप्रपा तालमेल अन्ततः झापाबाहेकका क्षेत्रमा यथावत रहने भएको छ।

काँग्रेस–राप्रपा गठबन्धन संकटमा

नेपाली काँग्रेस मकवानपुरले पत्रकार सम्मेलन गरेरै राप्रपा अध्यक्ष कमल थापालाई भोट हाल्न नसकिने निर्णय गरेपछि काँग्रेस-राप्रपा तालमेल संकटमा परेको छ। यसअघि झापा-३ मा सहमति तोड्दै काँग्रेसले राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनविरुद्ध कृष्ण सिटौला उम्मेदवार बनाउने निर्णय गरेको थियो।

झापा ३ मा सिटौलाविरुद्ध राप्रपाका लिङ्गदेनको उम्मेदवारी

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा ३ मा महामन्त्री राजेन्द्र लिङ्गदेनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। काँग्रेस–राप्रपाबीच चुनाबी तालमेल गर्ने निर्णय भएको थियो। तर काँग्रेसले झापा ३ मा कृष्ण सिटौलालाई उम्मेदवार बनाउने भएपछि राप्रपाले आफ्नो उम्मेदवार चयन गरेको हो।

कांग्रेस म्याग्दीका कार्यकर्ताले राप्रपालाई अस्वीकार गर्ने

प्रजातान्त्रिक गठबन्धनबाट म्याग्दी जिल्लाको क्षेत्र नम्बर १ राप्रपालाई परेपछि नेपाली कांग्रेस म्याग्दीका नेता–कार्यकर्ता रुष्ट भएका छन् । राप्रपा विभाजित भएसंगै जिल्लामा कमजोर बनेको शक्तीलाई आफ्नो बलियो पकट भएको क्षेत्रमा पार्टीले राप्रपालाई छोडेको भन्दै विद्रोहको चेतावनी नेता–कार्यकर्ताले दिएका छन् ।

ताेकिएकाे मितिमा चुनाव गराउन राप्रपा सरकारमा : उपप्रधानमन्त्री थापा

उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताए । ऊर्जा मन्त्रालयमा बुधबार पदभार ग्रहण गर्दै यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै लागि राप्रपा गएको जानकारी गराए ।

राप्रपाका संस्थापक पूर्वमन्त्री आचार्यको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको मंगलबार बिहान निधन भएको छ । लामो समयदेखि फोक्सोको अर्बुदको उपचार गराइरहेका ८० वर्षीय आचार्यको महाराजगञ्ज कपनमार्गस्थित निवासमा निधन भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्