१९ असार २०८१ बुधबार
image/svg+xml

सरकारलाई राप्रपाको समर्थन

राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेकोे छ । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक दिलनाथ गिरीले सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा गई राप्रपाले सरकारलाई समर्थन गरेको पत्र बुझाएका हुन ।

राप्रपा सरकारमा सहभागी हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सुनिश्चित बनाउन सरकारमा सहभागी हुने भएको छ । पार्टीको साेमबार बसेको आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सरकारमा देखिएको अन्योलताले चुनाव समयमा हुन नसक्ने हुँदा पार्टीले सरकारमा प्रतिनिधित्व गरेर भए पनि चुनावको वातावरण बनाउन अधिकांश नेताले सुझाएपछि सरकारमा जाने निर्णय गरेको हो ।

गृहसहित चार मन्त्रालय लिएर राप्रपा देउवा सरकारमा सहभागी हुने

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ। सोमबार बिहान बसेको कार्यसम्पादन बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो। हाललाई भने उक्त बैठक स्थगित गरी अध्यक्ष थापा मन्त्रालय टुंग्याउन बालुवाटार गएका छन्।

सरकारमा सहभागी हुन राप्रपाले आकस्मिक बैठक बोलायो

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

राप्रपाले सरकारलाई समर्थन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ । देउवासहित नेपाली कांग्रेस नेतासँग आइतबार भएको बैठकमा राप्रपाका नेताहरूले सरकारलाई समर्थनको पत्र लेख्न सहमत भएको हो ।

जुवाकाे खालबाट राप्रपा नेता पक्राउ

धनकुटाको पाख्रीबासबाट जुवा खेलीरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीयवासीको उजुरीको आधारमा जुवाको खालमै पुगेर पक्राउ गरेको प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए।

राप्रपा प्रजातान्त्रिकमा असन्तुष्टि

सरकारमा सहभागिताबारे राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) भित्र असन्तुष्टि देखिएको छ । समावेशी र युवा व्यक्तित्वलाई मन्त्रिपरिषद्मा नपठाएको भन्दै केही सांसदले सोमबार बिहान पार्टी अध्यक्ष पशुपतिशमशेर राणालाई भेटेर असन्तुष्टि व्यक्त गरेका हुन् ।

राप्रपा प्रजातान्त्रिक संसदीय दलको नेतामा बोहोरा सर्वसम्मत

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) संसदीय दलको नेतामा दीपक बोहोरा सर्वसम्मत चयन भएका छन्। अध्यक्ष पशुपतिसम्सेशर राणाको प्रस्तावमा बोहोरा सर्वसम्मत चयन भएका हुन्। संसदीय दल उपनेतामा विक्रम पाण्डे चयन भएका छन्।

बोहोरा नेतृत्वमा राप्रपा सरकारमा जाने

नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएका दीपक बोहोराको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक सरकारमा सहभागी हुने भएको छ ।

राप्रपा ३ नं प्रदेशको क्षेत्रीय सम्मेलन शुरु

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनसेवालाई केन्द्रमा राखेर काम गर्न कार्यकर्तालाई निर्देशन दिए।

राप्रपा प्रजातान्त्रिक नयाँ दलका रुपमा दर्ता

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई विभाजित नभई नयाँ राजनीतिक दलका रुपमा दर्ता गरेको खुलेको छ । निर्वाचन आयोगको भदौ ७ गतेको बैठकले राप्रपा प्रजातान्त्रिक लाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५ उपदफा ४ बमोजिम दल दर्ता गर्ने निर्णय गरेको हो ।

राप्रपाले सातै प्रदेशमा संयोजक तोक्यो

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रादेशिक र केन्द्रीय चुनावलाई दृष्टिगत गर्दै सातै प्रदेशका लागि संयोजक तोकेको छ।

राप्रपाका १८ सांसदमाथि कारबाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी छाडेका १८ सांसदलाई कारबाही गरेको छ ।  राप्रपा संसदीय दल र केन्द्रीय समितिमा सदस्यहरूको संयुक्त बैठकले संविधान संशोधनका पार्टी ह्विपविरुद्ध गएर पक्षमा मतदान गरेको भन्दै कारबाही गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

संशोधनको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसद्मा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

राप्रपा संशोधनको विपक्षमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने भएको छ। राप्रपाको हेटौंडामा सम्पन्न केन्द्रीय समितिको बैठकले सत्तासीन दल, सरकार र राजपासमेत यस विषयमा गम्भीर नभएको भन्दै विपक्षमा मत दिने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्