८ वैशाख २०८१ शनिबार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः मंसिर ५ देखि ११ गतेसम्म ‘क्यालिब्रेसन फ्लाईट’

आगामि जनवरी १ देखि संचालनमा ल्याउने तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाईट’ (यान्त्रीक परीक्षण) आगामि मंसिर ५ गते (२१ नोभेम्बर) बाट सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले मंसिर ११ (२७ नोभेम्बर)सम्म क्यालिब्रेसन फ्लाईटका लागि उडान तालिका स्वीकृत गरेको छ। यान्त्रीक परीक्षणका लागि थाइल्याण्डको एरो थाई कम्पनिको जहाज नेपाल आइसकेको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः समय दुईमहिना मात्रै, तर सबै काम बाँकी

आगामि जनवरी एकलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको दिन तोकेको झन्डै तीनमहिना अघि हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको दिनमा उडान सुरु भए अबको दुइमहिनामा यहाँको विमानस्थलबाट हवाईजहाज उड्नुपर्छ। तर, प्राधिकरणले झन्डै तीनमहिना अघि विमानस्थल संचालनको दिन तोक्दा यहाँको विमानस्थल संचालनका जे जस्ता अप्ठेरा थिए, ती अहिले पनि उस्तै छन्।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल: रिठ्ठेपानी डाँडा काट्ने बाटो खुल्यो, ल्याण्डफिलसाइटको टुंगो छैन

भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘एप्रोच’मा पर्ने पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटानका लागि बाटो खुलेको छ। हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच डाँडा र त्यहाँका रुख कटानका लागि मंगलबार मात्र सहमति भएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः विदेशीबाट काम फत्ते सरकारी निकाय उदासीन

चिनियाँ ठेकदार कम्पनीले काम सकेर विमानस्थल हस्तान्तरण गरे पनि सरकारी तहबाट हुनुपर्ने रिट्ठेपानी डाँडा कटान, ल्याण्डफिल साइट र भेलबाढी व्यवस्थापनको काम भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्