५ आश्विन २०८१ शनिबार
image/svg+xml

सीमा सुरक्षा गर्न गाउँपालिकाले म्यादी प्रहरी राख्ने

भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको  सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ।

मृतक म्यादी प्रहरीका परिवारद्वारा छानविन प्रतिबेदन माग

यहि पुस ७ गते प्रहरीले गोली हानी हत्या गरिएका म्यादी प्रहरी विवेक ऐडीका परिवारले घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। शुक्रबार मृतकका वुवा हरिबहादुर ऐडीले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय सिंहदरबारमा प्रतिवेदन तत्काल पाउँभन्दै ज्ञापनपत्र बुझाएका हुन्।

म्यादी प्रहरीको तलब पढाईमा

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका छात्र पवन राई म्यादी प्रहरीको झण्डै दुई महिने सेवा पूरा गरेर शुक्रबार बिदा भए। म्यादी प्रहरीको सेवासुविधावापत ५२ हजार र जिल्ला प्रहरी कार्यालयको प्रशंसा–पत्र बुझेर बाहिरिएका राईले बचेको रकम आफ्नो अध्ययनका लागि खर्च गर्ने बताए। ‘होटलमा खाएको तिर्दा कम्तीमा तीस हजार जोगिन्छ,’ च्यास्मीटार उच्च माबिमा कक्षा १२ मा अध्ययनरत राईले भने, ‘केही रकम बाआमालाई दिन्छु, बाँकी रकम आफ्नै पढाईमा खर्च गर्छु।’

म्यादी प्रहरीको मृत्युपछि चर्कियो आन्दोलन

प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु भएको भन्दै जिल्लामा आन्दोलन चर्केको छ । रास्कोट नगरपालिका वडा नम्बर २ निवासी २० वर्षीय विवेक ऐडीको शुक्रवार गोली लागेर मृत्यु भएको थियो । तलव विवादमा गत शुक्रबार जिल्ला प्रहरी कार्यालयमा प्रहरी र म्यादी प्रहरीबिच विवाद हुँदा प्रहरीले लाँठीचार्ज र गोली चलाएको थियो ।

म्यादी प्रहरी मृत्यु घटनाको छानबिन गर्न शाहीको माग

विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सुखद भएन म्यादीको बिदाइ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रहरीसँगै खटिएका ९८ हजार म्यादी प्रहरीको शुक्रबार म्याद सकियो । शान्तिपूर्ण निर्वाचन गराएको जस पाएका उनीहरुको बिदाइ भने सुखद भएन। मतदानअगाडि निर्वाचन प्रचारका क्रममा भएको शृंखलाबद्ध विस्फोटका घटनाले निर्वाचन शान्तिपूर्ण हुनेमा शंका बढाएको थियो तर दुवै चरणको मतदान शान्तिपूर्ण सम्पन्न भएपछि निर्वाचन सुरक्षाको नेतृत्व गर्ने गृह प्रशासन र परिचालित सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अुनसन्धान विभागसँगै म्यादी प्रहरीले समेत स्याबासी पाएका थिए।

हसाउँदै रुवाउँदै विदा भए म्यादी प्रहरी

शुक्रबार विदाई हुँदै गर्दा म्यादी प्रहरीहरुले आ–आफ्ना प्रतिभा प्रस्तुत गरे। प्रतिभा प्रस्तुत गरेका केही म्यादी प्रहरीले क्यारिकेचर गरेर हँसाए भने कोहीले विदाईमा लेखिएका कविता वाचन गरेर रुवाए।

प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु

प्रहरीले चलाएको गोली लागेर कालिकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ। तलबमा अनियमितता भएको भन्दै म्यादी प्रहरीले आन्दोलन गरेका थिए। आन्दोलनमा रहेका म्यादी माथी गोली चलाउँदा शुक्रबार दिउँसो रासकोट नगरपालिका २ घर भएका म्यादी प्रहरी विवेक ऐरीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयको गेटमा नै उनीमाथी गोली प्रहार भएको थियो।

पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा शान्ति स्थापनाका लागि खटिएका म्यादी प्रहरीलाई सरकारले पुस ७ गते विदा गर्दैछ। ५५ दिनका लागि नियुक्त भएका उनीहरु यो सातादेखि सेवा मुक्त हुँदैछन्।

म्यादी प्रहरीको रासनमा घोटाला

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भर्ना गरिएका म्यादी प्रहरीले ड्युटी गरेको अवधीमा खाएको खानामा घोटाला भएको भन्दै सोमबार दिनभर जसो दोलखामा कार्यरत म्यादी प्रहरीले जिल्ला प्रहरी नेतृत्वविरुद्ध आन्दोलन गरे।

खानामा अनियमितता भएको भन्दै म्यादी प्रहरीको आन्दोलन

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भर्ना गरिएका म्यादी प्रहरीले ड्युटी गरेको अवधीमा खाएको खानामा घोटाला भएको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरीले जिल्ला प्रहरी नेतृत्व विरुद्ध आन्दोलन गरेका छन्।

(कथा) म्यादी

२०७४ असोज २४ को गोरखापत्र दैनिकमा म्यादी प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशित भयो । त्यसमा कुल ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्नाका लागि दर्खास्त खुलेको विवरण थियो । त्यो सूचना उसले आद्योपान्त पढ्यो । उसलाई केही दिन अघिदेखि नै त्यो सूचनाको प्रतीक्षा थियो । यसअघिको स्थानीय चुनावमा पनि उसले म्यादी प्रहरीमा भर्ना हुन चाहेको थियो । तर, भर्ना हुन पाएको थिएन । दर्खास्त फाराम भरेर पनि उसले बुझाउन पाएको थिएन । एक्कासि ज्वरो आएर ऊ चार दिनसम्म ओछ्यान परेको थियो । त्यही बेला दर्खास्त फाराम बुझाउने म्याद गुज्रिएकाले म्यादी प्रहरीमा भर्ना हुने उसको सपना अधुरै रहेको थियो । त्यहीबेला उसले अठोट गरेको थियो, प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा जसरी पनि म्यादी प्रहरीमा भर्ना भएरै छाड्छु ।

दार्चुलामा लडेर म्यादी प्रहरीको मृत्यु

काममा खटिएका म्यादी प्रहरीको बुधबार बेलुका लडेर मृत्यु भएको छ।  मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डका १९ वर्षीय रवीन्द्रसिंह ठगुन्नाको रहेको प्रहरीले जनाएको छ।

डिउटीमा खटिएका म्यादी प्रहरीको मृत्यु

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागी खटिएका म्यादी प्रहरीको मृत्यु भएको छ। गस्ती डिउटीमा खटिएको बेला म्यादी प्रहरीको लडेर मृत्यु भएको हो। मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नंं२ सुण्डमुण्डका १९ वर्षीय रविन्द्रसिह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बम विस्फोटमा मारिएका म्यादी प्रहरीका परिवारलाई १० लाख दिइने

सरकारले बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्