८ आश्विन २०८१ मंगलबार
image/svg+xml

छाउगोठमा आगलागी, आमासहित दुई छोराको मृत्यु

बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका– ९ अँगाउपानी बस्ने ३५ वर्षीया अामा अम्बा बोहरा, ९ वर्षीय छोरा सुरेश बोहरा र ७ वर्षका अर्का छाेरा रमित बोहरा रहेका छन्।

हिटर पड्किएर आगलागी

काठमाडौँको टोखामा हिटर पड्किएर आगलागी भएको छ। टोखा नगरपालिका–११ भण्डारी टोलस्थित मुकुन्दराजप्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर आगालागी भएको हो।

बागबजारमा फेरि आगलागीः नौ पसल जले, एक पक्राउ

डडेल्धुराकाे बागबजारमा गएराती फेरि भीषण आगलागी भएको छ। सदमुकामको अमरगढी नगरपालिका ५ मुख्य बजार बागबजारको बगरकोट रोडमा मध्यराती साढे १२ बजे आगलागी भएको हो। आगलागीबाट ९ वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

काठमाडाैंकाे सतुंगलमा आगलागी/ मध्यरातसम्म नियन्त्रणको प्रयास (भिडियो)

काठमाडाैंकाे सतुंगलमा आगलागी भएकाे छ। सतुंगलमा रहेकाे दीपक कपास उद्योगमा आगलागी भएको हाे। आगलागी नियन्त्रणकाे प्रयास भइरहेकाे काठमाडौँ प्रहरी परिसरले जानकारी दिएकाे छ।

उपत्यकामा बढ्दै आगलागी, वार्षिक सरदर १२ जनाको मृत्यु

गत पुस ७ गते कलंकीमा एलपी ग्याँसजडित हिटर लिक भएर आगलागी हुँदा इन्जिनियर पुष्करराज श्रेष्ठसहित परिवारका तीन सदस्य गम्भीर घाइते। उपचारका क्रममा श्रेष्ठ र उनकी पत्नी अप्सरा श्रेष्ठको मृत्यु भयो। सोही घटनामा श्रेष्ठ दम्पतीका १६ महिने बालकको उपचार भइरहेको छ।

किराना पसलमा आगलागी हुँदा २० लाखको क्षति

डडेल्धुराको सदरमुकाम बागबजारस्थित लक्ष्मी किराना पसलमा शुक्रबार राति आगलागी हुँदा २० लाखमाथि क्षति भएको छ।

भारतमा मेट्राे भित्रै आगलागी

भारतको कोलकातामा मेट्रो भित्र आगलागी भएको छ। आगलागीका कारण दर्जन बढी यात्रु धुँवाका कारण विरामी भएका छन्।

खुला आकाशमुनि रात काट्न बाध्य पीडित

पलाँता गाउँपालिका–१ खाँडाका लालमणि उपाध्यायका लागि गएको आइतबार अहिलेसम्मकै पीडादायी दिन बन्न पुग्यो। उक्त दिनको भीषण आगलागी सम्झेर उनी बेलाबेलामा झस्किरहन्छन्। त्यस दिन मध्यरातमा उनको परिवारका सबैजना मस्तसँग निदाइरहेका थिए।

मृत्यु रोकेको धनदेवीको त्यो डाँको...

मध्यरातमा गाउँ मस्त निद्रामा थियो। तर गत आइतबार मध्यरात २ बजेर ३९ मिनेटमा खाँडागाउँकी धनदेवी न्यौपाने जागिन्। धनदेवीको त्यो निद्रा भंगताले कालिकोट खाँडागाउँका सयौ जनाको संभावित काल रोक्यो।

खाँडागाउँकाे आगलागी नियन्त्रणमा, गाउँलेको खुला आकाशमा बास

जिल्लाको पलाँता गाँउपालिकाको खाँडा गाउँमा गएरातीदेखि लागेकाे आगाे नियन्त्रणमा आएकाे छ। भीषण आगलागीका कारण ८७ घर जलेर नष्ट भएका छन् भने ७ जना घाइते भएका छन्।

कालिकोटका आगलागी पीडितलाई बसोबासको व्यवस्था मिलाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कालिकोटका आगलागी पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। कांगेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सोमवार जारी विज्ञप्तिमा पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन र घाइतेको स्वास्थ्योपचारको व्यवस्था मिलाउन सरकारसंग माग गरिएको छ।

तिब्बतसँग जोडिएको गोरखाको सामागाउँमा भिषण डढेलो, हेलिकप्टरबाट ग्यास र पानी फाल्न सुझाव

उत्तरी गोरखाको तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिका वडा नम्बर १ को सामागाउँस्थित जंगलमा भिषण आगो लागेको छ। गएराती आगो लाग्न सुरु भएको त्यहाँ प्रहरी र स्थानीय मिलेर आगो निभाएर फर्किएपछि पुनः सोमवार आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले बताए।

कालिकोट खाँडागाउँकाे आगलागी नियन्त्रण बाहिर, ८७ घर जलेर नष्ट(अपडेट)

जिल्लाको पलाता गाउँपालीकाको १ खाडा गाउँमा आइतबार  मध्य राति भिषण आगलागि भएको छ। आगलागिबाट गाउँनै विस्थापीत भएको खबर प्राप्त भएको छ। मध्यराता आगलागी भए पनि घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्