८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कालिकोटको खाडागाउँमा आगलागी

कालिकोटको पलाता गाउँपालिका १ को खाडागाउँमा आगलागी भएको छ। घटना राति दुई बजे भएको प्रहरीले बताए पनि थप विवरण प्राप्त हुन सकेको छैन।

शताब्दी पुरानाे त्रिचन्द्र कलेजमा आगलागी

राजधानीको दरबारमार्गस्थित त्रिचन्द्र कलेजमा आगो लागेको छ। नेपालकै पुरानाे त्रिचन्द्रमा आइतवार साँझ साढे ६ बजे आगो ताप्न बालेको दाउराबाट आगलागी भएको प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी दानबहादुर मल्लले जानकारी दिए।

ट्यांकर र स्काभेटरमा आगलागी

सौर्य सिमेन्ट उद्योगको उदयपुरस्थित खानीमा रोकेर राखेको ट्यांकरमा गएराति आगलागी हुँदा ट्यांकरको तेल र २ स्काभेटर जलेर क्षति पुगेको छ।

मुम्बईको अस्पतालमा भीषण आगलागी, ८ जनाको मृत्यु

भारतको मुम्बईस्थित एक सरकारी अस्पतालमा सोमबार साँझ भीषण आगलागी भएको छ । आगलागीमा परी ८ जनाको मृत्यु  छ भने झन्डै १ सय ५० जना घाइते भएका छन्।

आगलागीबाट १२ लाखको क्षति

घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा १२ लाखभन्दा बढीको क्षति भएको छ ।

चामल मिलमा आगलागी

पर्सामा एक चामल मिलमा आगलागी भएको छ। सखुवाप्रसौनी गाउँपालिका–४ सोलकपुरस्थित स्थानिय ग्यासुदिन मियाँको  चामल मिलमा शनिबार बिहान आगलागी भएको भएको हो।

सप्तरीमा आगलागी, दर्जन बढी घर नष्ट

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–७ वभनगामामा शुक्रवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएको छ। स्थानीय विन्देश्वर साफीको घरवाट आगलागी सुरु भएको हो।

घरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

दाङको बंगलाचुलीमा गएराती एउटा घरमा घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ८ गुराँसेका नवराज पुनको घरमा आगलागी  भएको हो।

इटहरीमा भीषण आगलागी, २ करोडको नोक्सानी

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान भीषण आगलागी हुँदा दुई करोड रूपैयाँभन्दा बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ।

औषधी पसलमा आगलागी हुँदा करोड बढीको क्षति

नेपालगन्जको विपी चोकस्थित नजिक रहेका ३ वटा पसलमा बुधबार राती आगलागी हुँदा करोडौंको क्षति भएको छ। राती साढे १० बजेतिर मेडिकल कलेज अगाडि रहेका दुई वटा मेडिकल र एउटा जनरल स्टोरमा आगलागी भएको हो।

आगलागी पीडितलाई आर्थिक सहयोग

रोल्पा उद्योग बाणिज्य संघले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ। गत मंसिर १ गते आगलागी हुँदा करिब ५० लाख बढिको क्षति भएको गंगादेव गाउँपालिका वडा नं. ४ निवासी प्रेमबहादुर डाँगीलाई रोल्पा उद्योग वाणिज्य संघले सहयोग गरेको हो।

बुद्धनगरस्थित फर्निचर उद्योगमा आगलागी

राजधानीको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ। सोमवार दिउँसो साढे ३ बजेतिर बुद्धनगरको युन पार्कको पुल छेउमा रहेको गौरीशंकर फर्निचर शोरुममा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए।

आगलागीमा परी एकै परिवारका चारको मृत्यु

झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित गए राति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ।

ढोरपाटनको नवी गाउँमा आगलागी, ३० घर जलेर नष्ट

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्।

गृह मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित गृह मन्त्रालयमा आगलागी भएको छ। गृहमन्त्री रामबहादुर थापाको निजी सचिवालयका अनुसार विहीवार दिउँसो विद्युत सर्ट भएर सुरक्षा सल्लाहकारको कार्यकक्षमा सामान्य आगो लागेको हो। आगलागीबाट एउटा एसी जलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्