८ आश्विन २०८१ मंगलबार
image/svg+xml

आगलागीको उच्च जोखिममा खोटाङको दिक्तेल बजार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका रविध्वज राई तीन वर्षभित्र दुई पटक आगलागी पीडित भए ।

आगलागी हुँदा घर जल्यो

आगलागी हुँदा खोटाङमा घर जलेको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका राजकुमार राईको घर जलेर नष्ट भएको हो। मंगलबार राती भएको आगलागीमा राईको पाँच लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ।

क्यालिफोर्नियामा आगलागी, मृत्यु हुनेको संख्या २३ पुग्यो

अमेरिकाको क्यालिफोर्निया जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको संख्या आइतबार सम्म २३ पुगेको अधिकारीहरुले बताएका छन्।

रिसको झोकमा अाफ्नै घरमा आगो

ताप्लेजुङमा रिसको झोकमा एक व्यक्तिले घरमा आगो लगाएका छन्। जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. २ खोक्लिङका ३६ वर्षीय दिनेश शेर्पाले शुक्रबार राती आफ्नै घरमा आगो लगाएका हुन्।

लक्ष्मी पूजा गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी

मध्यपुरथिमि–१ स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

इटहरीमा आगलागी, कराेडाैंकाे नाेक्सानी

इटहरीको व्यस्त बजारमा बुधबार दिउँसो आगलागी भएको छ। इटहरी वडा नं. ६ की रेखा पराजुलीको टिभी र फ्रिज सो रुमसँगै छेउमै सटेको गणेश लुईटेलको घरमा आगलागी भएको हो।

आगलागीबाट एकको मृत्यु

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ। जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले जानकारी दिए।

दोलखामा एउटा घरमा आगलागी हुँदा दुई जनाको मृत्यु

दोलखाको गौरिशंकर गाउँपालिका–९ टासिनाममा एउटा घरमा आगलागी हुँदा एक बृद्धा र बालकको ज्यान गएको छ।

आगलागीबाट चार लाखको क्षति

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–१० फेरा झुलाको एक घरमा आगलागी भएको छ। स्थानीय शशीराम खत्रीको घरमा गए राति आगलागी हुँदा रु चार लाख बराबरको क्षति भएको छ। राति साढे १ बजेको समयमा आगलागी हुँदा अन्नपात, भाँडाकुडा, लत्ताकपडा र नगद रु एक लाख गरी रु चार लाख बराबरको क्षति भएको वडा सदस्य रामबहादुर जैसीले जानकारी दिए।

कङ्गोमा तेल ट्याङ्कर दुर्घटना, कम्तिमा ५० को मृत्यु

कङ्गोको मध्यक्षेत्रमा रहेकाे एमबुबामा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ भने सयाैं व्यक्तिहरु अागाेमा परि जलेका स्थानीय अधिकारीले बताएका छन्।

लिमचुङबुङमा आगलागी, २ परिवारका ३ घर नष्ट

उदयपुरको लिमचुङबुङ गाउँपालिका ५ जाँतेस्थित राख्जुँमा आगलागीबाट २ परिवारको ३ वटा घर जलेर नष्ट भएको छ। अघिल्लो साँझ एक्कासी गोठमा लागेको आगोले स्थानीय डिगबहादुर बुढाथोकी र उनकै छोरा छत्रबहादुर बुढाथोकीको घर र मतान जलेर नष्ट भएको स्थानीयले बताएका छन्।

बसपार्कस्थित विद्युतको पोलमा आगलागी

रत्नपार्क नजिकै रहेको पुरानो बसपार्कस्थित विद्युतको पोलमा आगलागी भएको छ। आगलागी विहान करिव ९ः४० बजेतिर भएको हो। आगो करिव १५ मिनेटसम्म लागेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्