८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कालिकोट खाँडागाउँकाे आगलागी नियन्त्रण बाहिर, ८७ घर जलेर नष्ट(अपडेट)

आगलागी भएको खाडा गाउँ।

कालिकोट- जिल्लाको पलाता गाउँपालीकाको १ खाँडा गाउँमा आइतबार  मध्य राति भिषण आगलागि भएको छ। आगलागिबाट गाउँनै विस्थापीत भएको खबर प्राप्त भएको छ। मध्यराता आगलागी भए पनि घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ। प्रारम्भिक विवरण अनुसार १६ जना घाइते भएका छन्। 

कालिकाेटका प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्कीले खाडागाउँको न्यौपाने बस्तीका ८७ घर जलेर नष्ट भएको बताए।उनका अनुसार हावा चलेकाे कारणले आगलागी भएको गाउँ अझै नियन्त्रणमा ल्याउन सकिएको छैन।

स्थानीय नविन न्यौपानेको घरबाट आगलागी सुरु भएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए।

खाँडागाउँका सबै घर खरको छानाले बनाएका थिए। खाँडामा पानीको पनि निकै समस्या रहेको छ। आगो नियन्त्रण गर्ने पानी भन्दा पनि पिउने पानी समेत नपाइने गाउँको रुपमा लिन सकिन्छ। इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालीकाको जारकोटबाट प्रहरी उद्धारका लागि घटना भएको गाउँमा लागेको जिल्ला प्रहरी कार्यालयका निमित्त डिएसपी देवेन्द्र मल्लले बताए। मध्यराति दुइ बजेतिर खवर पाएपछि प्रहरीको टोली खटिएको हो। प्रहरीलाई घटना स्थलतर्फ पुग्न करिव ५ घण्टाको समय लाग्ने बताइएको छ। सञ्चार सम्पर्क हुन नसकेका कारण घटनाको थप बिवरण प्राप्त गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी चन्दबहादुर कार्कीले बताए।

जिल्ला सदरमुकाम मान्मबाट करिव ३२ कोषको दुरीमा खाँडा गाउँ रहेको छ। सदरमुकामबाट उद्धारका लागि शसस्त्र प्रहरी समेत घटनास्थल तर्फ हिँडेको छ। खरको छाना त्यसैमा हिउँदे सिजनको सुक्खा ठाउँ भएकाले पनि आगो नियन्त्रमा आउन सकेको छैन।

प्रकाशित: ९ पुस २०७५ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App