८ आश्विन २०८१ मंगलबार
image/svg+xml

भान्साघरबाट सुरु आगलागीबाट डेढ करोडको क्षति

दिउँसो साढे १ बजेतिर लागेको आगोले सन्दकपुर गाउँपालिका–१ का कमल मुखिया, निमादोर्जे शेर्पा, चक्रबहादुर मुखिया र लाक्पा शेर्पाका घर पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ।

आगलागीले १६ लाखका धनमाल क्षति

रौतहटका दुई स्थानमा आगलागी हुँदा १६ लाखभन्दा बढीको धनमाल नष्ट भएका छन्। जिल्लाका वृन्दावन र गौर नगरपालिकामा आगलागी भएको हो।

रौतहटको छुटाछुटै गाउँमा आगलागी, लाखौको धनमाल क्षति

रौतहटको छुट्टाछुट्टै स्थानमा मंगलबार भएको आगलागीमा लाखौको धनमाल जलेर खरानी भएको छ। जिल्लाको वृन्दावन र गौर नगरपालिकामा भएको आगलागीमा लाखौको धनमाल जलेर पूर्ण रुपमा खरानी भएको हो। बृन्दावन नगरपालिका वडा नम्बर ४ सखुअवामा स्थित पुष्पाञ्जली पोल्ट्री फर्ममा अचानक आगो लाग्दा करिब १३ लाख भन्दा बढीको तयारी कुखुरा र पाल्नको लागि राखेको चल्ला नष्ट भएको छ।

लामखुट्टे धपाउन बालिएको आगोले तीन घर खरानी

लामखुट्टे धपाउन बालिएको घुरको आगो सल्केर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर स्थित ३ वटा घर खरानी भएको छ ।

कौशल्टारमा भीषण आगलागी, ६ करोड बढीको क्षति

मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आएका श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ।

ग्लोबल बैंकमा आगलागी

नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा बिहीबार अपराह्न ३ बजे आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो।

उदयपुरमा आगलागीबाट ५ घर जले

उदयपुरमा शनिबार दिउँसो भएको आगलागीबाट ५ घर नष्ट भएका छन्।  जिल्लाको रौतामाई गाउँपालिका २ भुट्टारको डुम्रेमा भएको आगलागीमा परी लहरै रहेका गाउँका ५ घर र उनीहरुका थप ७वटा बस्तु बाँध्ने गोठ र मतान नष्ट भएको गाउँपालिकाले जनाएको छ।

डोल्पाका दुई सामुदायिक वनमा भीषण आगलागी

त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका दुई सामुदायिक वनमा भीषण आगलागी भएको छ। त्रिपुरासुन्दरी नगरपालिका ६ मा पर्ने कैलाशी र ५ मा पर्ने लेखठेरी सामुदायिक वनमा लागेको आगलागीबाट वन क्षेत्रमा रहेका सल्लाका सयौं रूख जलेर नष्ट भएका छन्। शुक्रबार साँझबाट लागेको आगो नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय खदांगले जनाएको छ।

बंगलादेशको ढाकामा आगलागि हुँदा ६९ को मृत्यु

बांगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परि ६९ जनाको ज्यान गुमाएका छन। बंगलादेशी अधकारीहरूका अनुसार गोदाममा भएको उक्त आगलागिमा थुप्रै घाइते समेत भएका छन्।

होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मंगलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको भारतीय अग्निनियन्त्रण विभागले जनाएको छ। आगलागीमा परी अन्य ११ जना घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

यति कार्पेटको गोदाममा आगलागी

ललितपुरको भैंसेपाटीस्थित यति कार्पेट गोदाममा आगो लाग्दा लाखौंको धनमाल जलेर नष्ट भएको छ। अहिले आगो नियन्त्रणमा आइसकेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक किरणप्रकाश मल्लले जानकारी दिए।

आगलागीमा परी ब्राजिलमा १० फुटबल खेलाडीको मृत्यु

ब्राजिलको लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ। क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

ग्यास सिलिण्डर पड्किएर आगलागी, १४ लाखको क्षति

इलाम सदरमुकामको एक घरमा आगलागी हुँदा १४ लाख रुपैयाँबराबरको क्षति भएको छ। आइतबार बिहान करिब साढे ६ बजे इलाम नगरपालिका ७ मा मनबहादुर गुरुङले डेरा गरी बसेको घरमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगो लागेको हो।

नागरिक लगानी कोषको कार्यालयमा आगलागी

नागरिक लगानी कोषको कार्यालयमा आगलागी भएको छ। नयाँ बानेश्वर स्थित कार्यालयमा शनिबार दिउँसो आगलागी भएको हो।

विरगञ्जमा आगलागी, एक दम्पती गम्भीर घाइते

सुत्ने कोठाभित्र बालिएको ग्यास सिलिण्डरको चुल्होबाट आगो फैलिएर विरगञ्ज –११, श्रीपुरमा एक दम्पती गम्भीर घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्