६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

बंगलादेशको ढाकामा आगलागि हुँदा ६९ को मृत्यु

तस्बिर :एजेन्सी

काठमाडौं – बांगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परि ६९ जनाको ज्यान गुमाएका छन। बंगलादेशी अधकारीहरूका अनुसार गोदाममा भएको उक्त आगलागिमा थुप्रै घाइते समेत भएका छन्।

घाइतेहरुमध्ये केहीको अबस्था गम्भीर रहेको छ, उनीहरुको शरीर पूर्ण रूपमा जलेको प्रहरी अधिकारीहरुले जनाएका छन।  राजधानीको पुरानो शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक पदार्थको गोदाम समेत रहेको थियो। 

स्थानीयका अनुसार हेर्दा हेर्दै आगो अर्को भवनमा पनि फैलियो र आगो नियन्त्रणमा लिन ३७ वटा दमकल त्यहाँ पुगेका थिए। अहिले भने आगो पूर्ण रुपमा नियन्त्रणमा आएको बताइएको छ। अधिकारीहरुका अनुसार आगो लाग्नुको मुख्य कारण अझै थाहा हुनु सकेको छैन सोबारे अनुसन्धान भइरहेको छ। 

साँघुरो बाटो र पानीको अभावमा आगो नियन्त्रणमा कठिनाई भएको बताइएको छ।

प्रकाशित: ९ फाल्गुन २०७५ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App