नेकपा एकीकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै
प्रधानमन्त्री शेरबहादुर देउवा चाँडै सरकार विस्तार गर्ने तयारीमा छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। तर सो पार्टीका सबैजसो सांसदले सरकारमा जाने इच्छा देखाएपछि नेता नेपाललाई अप्ठेरो परेको छ।