११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको क्रममा रहेका नेता माधवकुमार नेपालसहितका नेताहरु सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका छन्। नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेताहरुलाई छलफलका लागि भन्दै रिसोर्टमा बोलाइएको हो।  

नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका नेता नेपालसहितको टोलीले रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल गर्ने बताइएको छ।

नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुको सनाखतका लागि निर्वाचन आयोगले भदौ ९ गते बोलाएको छ।

प्रकाशित: ७ भाद्र २०७८ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App