८ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्री ओली मंगलबार आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आधिकारिक भएको दावी गर्न निर्वाचन आयोग पुगेका हुन्। प्रधानमन्त्री ओलीसँगै ओली समूहका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत नेता आयोग पुगेका छन्।

निर्वाचन आयोगले माग्यो ७ अर्ब

निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गरेको छ । आयोगले बुधबार अर्थ मन्त्रालयलाई पत्र लेख्दै निर्वाचन तयारी एवं व्यवस्थापनका लागि बजेट माग गरेको हो । यसअघि आयोगले मंगलबार अर्थमन्त्री विष्णु पौडेलसँग बजेट व्यवस्थापनका विषयमा छलफल गरेको थियो ।

चुनाव खर्च लागि निर्वाचन आयोगले सरकारसँग माग्यो ७ अर्ब ७ करोड

निर्वाचन आयोगले सरकारले घोषणा गरेको वैशाखमा हुने निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएको छ ।

प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा पेस गर्‍यो आधिकारिकता दबी

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा दलको आधिकारिकता दबी पेस गरेको छ।

फेरि बोलाइए नेकपाका दुवै अध्यक्ष

निर्वाचन आयोगले निर्वाचन तयारी र दल दर्ताबारे छलफल गर्न नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल समूहलाई पुनः बोलाउने भएको छ। निर्वाचन तयारीका विषयमा छलफल गर्न शुक्रबार बोलाइएको बैठकमा थप समय माग गरी दाहाल–नेपाल समूह अनुपस्थित भएपछि आयोगले नेकपाका दुवै अध्यक्ष समूहलाई पुनः बोलाउने भएको हो।

आजदेखि मतदाता नामावली अद्यावधिक

देशभरका ७ सय ५३ स्थानीय तहका केन्द्रबाट बिहीबारदेखि मतदाता नामावली अद्यावधिक सुरु हुने भएको छ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका स्थानीय तहका केन्द्र रहेको ठाउँबाट आगामी बुधबारसम्म मतदाता नामावली अद्यावधिकको काम सुरु गरेको हो ।

मतदाता नामावली अद्यावधिक गरिँदै

निर्वाचन आयोगले जिल्ला–जिल्लामा मतदाता नामावली अद्यावधिक गर्दैछ। आउँदो १५ देखि २१ गतेसम्म देशका ७ सय ५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो।

नेकपाका दुवै समूह आन्तरिक छलफलमा

निर्वाचन आयोगले राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा एउटै दल भएको निर्णय दिएपछि दुवै समूह आन्तरिक छलफलमा जुटेका छन्।

पूर्वप्रमुख निर्वाचन आयुक्त यादव भन्छन् : नजिर हेरेर नेकपाको विवाद चाँडै हल गर्नुपर्छ

पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले वैशाख १७ र वैशाख २७ गतेको लागि घोषणा गरिएको निर्वाचन हुन्छ कि हुँदैन भन्ने अहिले चासोको विषय बनेको उल्लेख गर्दै आयोगले आफ्नो आन्तरिक तयारी गरिराखेको टिप्पणी गरेका छन्।

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७ पेश भएको छ।

नेकपा दुवै पक्षद्वारा आयोगलाई जबाफ

प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले निर्वाचन आयोगमा जवाफ पेस गरेका छन् । पार्टी फुटाएको अपजसबाट बच्न दुवै पक्षले कानुनबमोजिम आधिकारिकता दाबी नगरेपछि आयोगले सुधारसहितको प्रतिवेदन पेस गर्न दिएको एक साताको अवधिभित्रै दुवै पक्षले जवाफ पेस गरेका हुन् ।

आयोगलाई ओलीको जवाफ : पार्टी विभाजन भएको छैन, प्रचण्ड दोस्रो वरियताको अध्यक्ष कायमै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको बताएका छन्।

पार्टीको नाम र सुर्य चिन्ह हाम्रो नभए देशमा आँधीहुरी आउँछ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र सुर्य चिन्ह आफूहरुको हुने दाबी गरेका छन्।

निर्वाचन तयारी रोक्न आयोगद्वारा अस्वीकार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले निर्वाचन तयारी रोक्न गरेको प्रस्तावलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ। प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै परेको मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन रहेका बेला निर्वाचन तयारी रोक्नुपर्ने प्रस्ताव दाहाल–नेपाल समूहले राखेपछि आयोगले अस्वीकार गरेको हो।

प्रचण्ड र नेपाल निर्वाचन आयोग जाँदै, चुनावको तयारी नगर्न आग्रह गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन आज निर्वाचन आयोग जाँदैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्