६ आश्विन २०८१ आइतबार
image/svg+xml

सडक दुर्घटनाको समाचारले प्रधानमन्त्री स्तब्ध, राहत र घाइतेहरुको उद्वार सरकारले गर्ने

उनले ती दुर्घटनामा मृत्यु भएकाहरुका परिवारलाई उचित राहत र घाइतेहरुको उद्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताए।

अपरिपक्व निर्णयको अलमल

यस पटकको नियुक्ति प्रकरणले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई विवादमा ल्याएको छ। यो कुनै अर्थमा उचित होइन। उनी विवादमा आउनु भनेको स्वतन्त्र न्यायालयको छविमै आँच आउनु हो। यो विषय यत्तिकै उठेको होइन। हावा नचली पात हल्लिँदैन। अतः यस विषयमा छानबिन हुनुपर्छ।

‘प्रजातन्त्रविरुद्ध जाने सपना कसैले नदेखे हुन्छ’

प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई पनि प्रजातन्त्रविरुद्ध जाने सपना नदेख्न चेतावनी दिएका छन्। गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्न आइतबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरू केही हुन सक्दैन। कोही कसैले सपना नदेखे हुन्छ प्रजातन्त्रको खिलाफमा जाने। प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै हो, यो कुरा स्पष्ट होस्।’

प्रधानन्यायाधीशलाई राजदूतमा पनि भाग!

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा. तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन्।

विकासको जिम्मा महिला मन्त्रीको काँधमा

मन्त्रिमण्डलमा महिलालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ । महिलाले नेतृत्व गरेका ६ मध्ये पूर्वाधार विकाससँग जोडिएका भौतिक पूर्वाधार, ऊर्जा र सहरी विकास आकर्षक मन्त्रालय मानिन्छन् । यी महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका महिला मन्त्रीलाई आफ्नो कार्यदक्षता प्रमाणित गर्दै पूर्वाधार विकास अघि बढाउनुपर्ने चुनौती छ ।

सत्ता संकट

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले भनेजस्तै सम्पूर्ण विवाद कुर्सीका निम्तिमात्र रहेछ भन्ने प्रमाणित गर्न अहिलेका सत्ता सञ्चालकहरू दिलोज्यान दिएर लागेका देखिन्छ। धेरैलाई त्यो बेला ओलीले असत्य बोलिरहेका हुन् कि भन्ने लागेको थियो। आज आएर उनी सत्य सावित हुँदैछन्।

प्रहरीको मनोबल उच्च राख्न प्रधानमन्त्री देउवाको आग्रह

उनले प्रहरी संगठनले थालेका सुधारका रचनात्मक कार्यलाई सफल तुल्याई नेपाल प्रहरीको संस्थागत विकासमार्फत् प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रवाह गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

अध्यादेशले अवरोध

कानुनी प्रावधान दुरूपयोग गर्दै भएको यो अभ्यास एउटा विकृतिका रूपमा रहेको छ। तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले सुरु गरेको अध्यादेशबाट शासन गर्ने अभ्यासलाई अहिलेको सरकारले पनि निरन्तरता दिएको हो।

संसद् चलाउन एमाले हठ बाधक

बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका कारण एमाले अनुपस्थित भयो।

देउवालाई भेट्न पुगे एमाले उपमहासचिव बालुवाटार

बुटवलको ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका लागि विशेष कदम चाल्न एमाले टोलीले प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो।

प्रधानमन्त्री देउवाले ३ बजे बोलाए मन्त्रीपरिषद्काे बैठक

आज बिहान १० बजे सर्वदलीय बैठक बोलाएका देउवाले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

आज सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ।

सामाजिक सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्व जितिया: प्रधानमन्त्री देउवा

जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले हाम्रा संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको बताएका छन्।

जलवायु परिवर्तनमा नेपालसँगै अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि चाहन्छौँ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिबद्ध रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्