७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

देउवालाई भेट्न पुगे एमाले उपमहासचिव बालुवाटार

एमाले उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। रूपन्देहीका एमाले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

बुटवलको ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका लागि विशेष कदम चाल्न एमाले टोलीले प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो। 

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पौडेल बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, पहिरो प्रभावित क्षेत्रका वडाअध्यक्षहरूसहित बालुवाटार पुगेका थिए। 

प्रधानमन्त्री देउवाले आह्वान गरेको सर्वदलीय बैठक बस्नुअघि नै एमाले उपमहासचिव पौडेलले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए। अहिले बालुवाटारमा सर्वदलीय बैठक जारी छ। तर, एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको छ।

प्रकाशित: १४ आश्विन २०७८ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App