६ आश्विन २०८१ आइतबार
image/svg+xml

राजधानीमा हतियारसहित ३ जना पक्राउ

हतियारसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। कामपा ९ स्थित एयरपोर्ट शम्भुमार्गको होटल एभरेष्ट इनबाट बुधबार दिउँसो हतियारसहित ३ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पूर्वमाओवादी लडाकु पेस्ताेलसहित पक्राउ

पूर्वमाओवादी लडाकु पेस्ताेलसहित पक्राउ परेका छन्। बुधबार काठमाडाैंकाे एयरपाेर्ट नजिकैकाे एभरेष्ट हाेलिडे हाेटलबाट पूर्वमाओवादी लडाकु भीमबहादुर माझीसहित अर्का एक जना पक्राउ परेका हुन्।

बैक अफ काठमाण्डूका पूर्वसिइयोसहित ११ कर्मचारी पक्राउ

नक्कली जग्गा धनीको लालपूर्जा राखेर उनीहरुले कर्जा प्रवाह गरेको अभियोग लगाइएको छ।

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

दुईवटा फरक–फरक मोटरसाइकल चलाएर जब्दीबाट लालबन्दीतर्फ हिड्दै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुले पेस्तोल बोकेको फेला परेको हो।

यौन दुर्व्यवहारको आरोपमा भारतमा पूर्वमन्त्री पक्राउ

युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ।

बाबुछोराको हत्या अभियोगमा पक्राउ

स्याङ्जामा बाबुछोराको हत्याको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हरिनास गाउँपालिका–३ ललहीका दान बहादुर मल्ल (दीपक) लाई पक्राउ गरेकाे हाे।

मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने ७ जना पक्राउ

दशैं तिहार नजिकिँदै गर्दा खोटाङमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने ७ जना पक्राउ परेका छन्।

विप्लव समूहका आलिताल गाउँपालिका इन्चार्ज पक्राउ

प्रतिबन्धित नेकपा विप्लव समूहका आलिताल गाउँपालिका इन्चार्ज एवं जिल्ला कमिटी सदस्य आलोक भनिने खेम बहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो।

फरार अभियुक्त सत्र वर्षपछि पक्राउ

एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्तलाई नुवाकोट प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ। ककनी गाउँपालिका–७ सिम्लेकी ७० वर्षीया पदककुमारी गुरुङको विसं २०५९ माघ २१ गते हत्या गरी फरार भएका सोही वडाका ३६ वर्षीय भरत सुनारलाई प्रहरीले हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

दलित मुक्ति मोर्चाका अध्यक्ष पक्राउ

अपराधिक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दलित मुक्ति मोर्चा गोरखाका अध्यक्ष चिनकाजी विकलाई पक्राउ गरेको छ।

वरिष्ठ सांसद् पक्राउ गरिएकोप्रति आक्रोश

कश्मीरका दिग्गज सांसद एवं पूर्वमुख्यमन्त्री फारुक अब्दुल्लाह पक्राउ परेको विषयले भारतमा चर्को बहस निम्त्याएको छ ।विवादास्पद एउटा कानुनका आधारमा पूर्वमुख्यमन्त्री अब्दुल्लाह पक्राउ परेको भन्दै भारतभर आक्रोश पैदा भएको बिबिसीले उल्लेख गरेको छ ।

तीन वर्षमा लागुऔषधका ५ सय ५४ कारोवारी पक्राउ

विगत तीन वर्षमा झापामा लागुऔषधको ओसारपसारविरुद्ध प्रहरी कारवाहीमा ५ सय ५४ पक्राउ परेका छन्। भारतसँगको खुला सीमा र लागुपदार्थ प्रयोगकर्ताको फैलँदो सङ्ख्याका कारण यसको नियन्त्रण झापामा चुनौतीपूर्ण बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्