६ आश्विन २०८१ आइतबार
image/svg+xml

चन्द समूहका प्रमुख र सेक्रेटरीलाई पाँच मुद्दा

झापाका विभिन्न स्थानमा बम विष्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज प्रमुख र सेक्रेटरीसहित पाँच जनालाई पाँच कसुरमा मुद्दा चलाइएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट कैद सजाय तोकी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने बर्ष २० को किशोर दुवाललाई पक्राउ गरेको हो।

गाउँपालिका तोडफोडको आरोपमा वडा अध्यक्ष पक्राउ

गाउँपालिका कार्यालय तोडफोडको आरोपमा माछापुच्छ गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जना प्रक्राउ परेका छन्। पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल रहेका छन्।

थापाकाे 'हिरासत' चिरायु अस्पताल

पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालमा भर्ना भएका हुन्। ‘केही दिनदेखि उहाँ हाम्रो अस्पतालमा उपचारका लागि आउनुभएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘उहाँको उपचार भइरहेको छ।’

भारतबाट ल्याउँदै गरेको एयर गनसहित पक्राउ

नेपाल–भारत सिमा क्षेत्रबाट एक व्यक्ति हतियारसहित पक्राउ परेका छन्। नेपालगन्ज उपमहानगरपालिका–१६ स्थित नेपालगन्ज भन्सार कार्यालयको मुख्य गेट अगाडीबाट चेकजाँचका सोमबार बेलुका ७ बजेर २० मिनेटमा क्रममा पक्राउ गरिएको हो।

'विप्लव' समूहका जिल्ला सेक्रेटरीसहित तीन पक्राउ

नेत्रविक्रम चन्द समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले बिर्तामोडबाट आज पक्राउ गरेको छ।

सिंहदरबारबाट ९ जना पत्रकार पक्राउ

रेडियो नेपालबाट विना कारण निकालिएका पत्रकारको पुनर्वहाली तथा  श्रमजिवीको न्युनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै रेडियो नेपालमा डेलिगेसन गएको सञ्चारकर्मीको टोलीलाई प्रहरीले पक्राउ गरेको छ।

सवा दुईलाख रकमसहित पाँच जुवाडे पक्राउ

सिरहाको सुखिपुर नगरपालिका ८ स्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। जुवातास लक्षित अभियान अन्तर्गत सुखिपुर बजरमै सञ्चालित विकास होटल एन्ड कोल्ड सेन्टरबाट आइतबार राती पाँचजनालाई जुवातास, नगदसहित पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

अवैध चरेस, गाँजा र कारसहित पाँच पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करीब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर०१पीएफ ७९९८ नंको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९ सय ग्राम अवैध चरेस फेला परेपछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको जानकारी दिएको छ।

प्ररहरीमाथि हातपात गर्ने एक महिलासहित पाँच कर्मचारी पक्राउ

मार्तडीमा जारी अनन्ते मेलाको सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरि घाइते समेत बनाएकोले अनुसन्धानका लागि हिरासदमा राखिएको निमित्त कार्यालय प्रमुख समेत रहेका प्रहरी निरीक्षक जनक ढुंगानाले बताएका छन्।

विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बारा जिल्ला सेक्रेटरी राजन गिरी भनिने आतिश मिश्रलाई प्रहरीले पक्राउ गरेको छ।

विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

मिश्रालाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको खनालले बताए।

श्रीमती हत्या गर्ने १५ वर्षपछि पक्राउ

श्रीमतीलाई हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्