५ आश्विन २०८१ शनिबार
image/svg+xml

एकीकृत समाजवादीले भदौ १५ भित्र उम्मेदवार छान्ने

पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने प्रक्रिया पनि तय गरेको छ। प्रतिनिधिसभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्पmको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तीमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गनुपर्ने छ।

यी ८ मापदण्ड पूरा गरे एकीकृत समाजवादीबाट उम्मेदवार बन्न पाइने

केन्द्रीय सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै महासचिव डा. बेदुराम भुसालले भदौ २० गतेभित्र केन्द्रीय कमिटीले उम्मेदवारको निर्णय गरिसक्ने बताएका छन्।

पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय। डा. तुलाधरले समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको बताए।

चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजन समिति बनाउन एकीकृत समाजवादी तयार

बुधबार बसेको एकीकृत पार्टी सचिवालय बैठकले यसका लागि छलफल अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

इलाम क्षेत्र १ बाटै चुनाव लड्छु: झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिने संकेत गरेका छन्।

नागरिकता विधेयकबारे खनालले भने,जनसांख्यिक अतिक्रमणबाट देश जोगिनुपर्छ

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नागरिकताको सवाल कुनै दलको मात्र नभइ राष्ट्रिय सहमतिको विषय भएको बताएका छन्।

रेडियो नेपालबाट मैथिली र भोजपुरी भाषाका कार्यक्रमहरु प्रशारण गर्न सांसद कायस्तको माग

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कायस्तले रेडियो नेपालको केन्द्रिय प्रशारणले मैथिली र भोजपुरी लगायतका भाषाका समाचार, सूचना र मनोरञ्जनका कार्यक्रमहरु रोकेको बताइन्।

एकीकृत समाजवादीले वडासम्म संगठन विस्तार गर्ने

प्रदेश नं. १ कमिटीको शुक्रबार बसेको सचिवालय बैठकले भदौभरमा प्रदेशका सबै स्थानीय तहका वडाहरूमा संगठन विस्तार गरी वडा कमिटीहरू गठन गरिसक्ने निर्णय गरेको हो। सचिवालय बैठकमा प्रदेश नंं. १ पार्टीका १४ वटै जिल्ला कमिटी अध्यक्षहरूले जिल्लाको समग्र अवस्थाको रिपोर्टिङ गरेको प्रदेश कमिटीका सचिव महेश रेग्मीले जानकारी दिए।

पद र पैसाको निम्ति पार्टी भित्र जे पनि गर्ने प्रवृत्ति देखापर्‍यो: माधव नेपाल

‘पद र पैसाको निम्ति जे पनि गर्ने प्रवृत्ति सुरु भएको छ। मैले पाइँन भनेर कुकर्म गर्न र गुटबन्दी गर्न थाल्छन्। अनेक षडयन्त्र र जालझेल गर्न थाल्छन्, उनले भने,‘यस्ता प्रवृत्ति नियन्त्रण हुनुपर्छ।’

निर्वाचन तयारीका लागि एकीकृत समाजवादीले तोक्यो केन्द्रीय नेताहरूको जिम्मेवारी

नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ।

देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाको कदर हुनुपर्छः सोमप्रसाद पाण्डे

‘राष्ट्रिय सहमतिकै सरकार बन्नुपर्ने, राष्ट्रिय सहमतिबाट नै यो मुलुक अग्रगमन र समृद्धिको निम्ति लाग्नुपर्ने अहिलेको आवश्यक्ता महशुस भएको छ। आगामी निर्वाचनको सवालमा सिट बाँडफाँट गर्ने कुरा हो, त्यसमा आफ्नो आफ्नो पार्टीको जोडबल त रहन्छ नै, जुन उद्देश्य र समयको आवश्यक्तालाई पूरा गर्ने गरेर गठबन्धन गरेका थियौँ, गठबन्धन भित्र रहेका दलमा आपसी समझदारी हुन्छ।'

नागरिकतामा अपमान गरेर नाम राख्ने प्रशासकीय अधिकृतलाई निलम्बन गर्न माग

'काठमाडौँको फोहोर र कोरोना भन्दा ठूलो कुरा संविधानको धारा ४० लाई कानून बनाएर लाने भन्दा भन्दै पनि राज्यका तहमा बसेका जिल्ला प्रशासन अधिकृतहरुले नागरिकतामा कुकुर, कुकुर्नी कमिनी राखेर नागरिकता वितरण गर्नुभएको छ। त्यो टोली बनाएर वितरण गरेको जस्तो लाग्छ। स्थानीय तहमा समन्वय नगरेर त्यस्ता प्रशासकीय अधिकृतहरुलाई निलम्बन गर्न माग गर्दछु।’

परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस्ः नेता खनाल

चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका बारेमा जोड दिनुपर्ने उनको भनाई छ।

उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन छः रामकुमारी झाँक्री

झाँक्रीले शहरी विकासमन्त्री हुँदा विकास निर्माण सम्बन्धी महत्वपूर्ण नीतिहरु परिर्माजन गर्ने, आयोजनाको तयारी गर्दा आयोजनाको सम्भाव्यता अध्ययनमा विशेष जोड दिएको बताइन्। उनले अहिले पनि आयोजनाले पार्ने प्रभावको विश्लेषण गरेर मात्रै हरेक आयोजनाको तयारी गर्नुपर्ने बताइन्।

‘तेस्रो ध्रुव कांग्रेस र एमाले दुवैविरुद्ध हुनसक्छ’

नेपालले गठबन्धन दलहरूबीच मिलेर जाने सहमति भइसकेको बताए। तर कसले कति सिट पाउने भन्ने निर्णय भने नभएको स्पष्ट पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्