८ वैशाख २०८१ शनिबार
राजनीति

नागरिकता विधेयकबारे खनालले भने,जनसांख्यिक अतिक्रमणबाट देश जोगिनुपर्छ

इलाममा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल।तस्बिर: भीम/नागरिक

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नागरिकताको सवाल कुनै दलको मात्र नभइ राष्ट्रिय सहमतिको विषय भएको बताएका छन्। उनले नागरिकताको सवाल बहुमत भए पास गर्नुपर्ने र अरू विधेयकजस्तो नभएको बताए।  

इलामकाे सदरमुकाममा आज (सोमबार) बिहान आयोजित पत्रकार भेटघाटमा खनालले राष्ट्रपतिले विधेयक फिर्ता गर्नुको कारणबारे आफूले अध्ययन गरिनसकेको बताए। ‘राष्ट्रपतिज्यूले के–के अध्ययन गरेर विधेयक फिर्ता गर्नुभएको छ भन्नेबारे मैले अध्ययन गरेको छैन,’ उनले भने, ‘अध्ययन गरेपछिमात्रै भन्न सक्छु।’

राष्ट्रिय सहमतिबिना विभिन्न ढङ्गले नागरिकता विधेयक पास गर्ने प्रयास राम्रो नभएको भन्दै सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका खनालले जनसांखिक अतिक्रमणबाट नेपालजस्तो देश जोगिनुपर्ने बताए। ‘यो बडो गम्भीर सवाल हो,दीर्घकालीन सवाल हो, सिंगो राष्ट्रको सवाल हो,’ उनले भने, ‘यो एउटा–दुईटा पार्टी र नेताको सबाल होइन।’

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रमाणीकरणका लागि पेस गरेको नागरिकतासम्बन्धी विधेयक आइतबार पुनः छलफलका लागि संसद्मै फिर्ता पठाएकी थिइन्। राष्ट्रपतिको यो कदममा सत्तारुढ दल रुष्ट बनिरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने राष्ट्रपतिको कदम स्वागतयोग्य भएको प्रतिक्रिया दिइसकेको छ।  

प्रकाशित: ३० श्रावण २०७९ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App