गुल्मीमा जिप दुर्घटना, दुई जनाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–२ मा गएराति लु१ज २१८१ नम्बरकाे जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो।
गुल्मीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–२ मा गएराति लु१ज २१८१ नम्बरकाे जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो।
उदयपुरका प्रदेश सांसद नारायण बुर्जामगर दुर्घटनामा परी घाईते भएका छन्। शुक्रबार राति उनी सवार मोटरसाईकल अर्काे मोटरसाईकलसँग ठक्कर खाँदा ५४ वर्षीय मगर घाईते भएका हुन्।
सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना६ख ९१२ नम्बरको बस शुक्रबार सुनकोसी गाँउपालिका–५, रिठ्ठेभीरबाट सुनकोसी नदीमा खस्दा ३ जनाको मृत्यु भयो। दुर्घटनामा ५ जना घाइते भए।
धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा टिपर पल्टिदा ३ जनाको मृत्यु भएको छ। थक्रे गाउँपालिका १० भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके जाँदै गरेको बा ५ प २४१८ नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना भएको हो।
लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को उत्तरपश्चिमी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी ४० भन्दा बढीको मृत्यु भएको छ। उबाङ्गी नदीमा डुङ्गा डुबेर दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ।
सिन्धुलीको मरिणबाट काठमाडौं तर्फ गइरहेको बस सुनकोसी गाँउपालिकाको ५ रिठ्ठेभिरबाट सुनकोसी नदीमा खस्दा १ जनाको घट्नास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
विपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालीका ५ रिठ्ठे भिरबाट सुनकोसी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
नुवाकोटको समुन्द्राटार हुँदै त्रिशुली आउँदै गरेको यात्रु बहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
कृष्णपुर–५ लालझाडी जङ्गलको अमखौया खोला नजिक पूर्व–पश्चिम राजमार्गमा गए राति मोटरसाइकलले ठक्कर दिँदा ६ मजदुरसहित सात जना घाइते भएका छन्।
मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
दाङमा बसले मोटरसाईकललार्इ ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका छन्। घाइते दुबै जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ।
काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर भएको देखिएको छ।
धादिङबेसी –सल्यानटार सडकखण्ड अन्तर्गत नीलकण्ठ नगरपालिका १० भदौरेमा बुधवार बस दुर्घटना हुँदा ५ जना घाईते भएका छन्।
काठमाडाैंकाे सीतापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले गए राति बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको छ।