५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सुनकोसी नदीमा बस खस्दा १ को मृत्यु, ६ घाइते

सिन्धुली – विपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालीका ५ रिठ्ठे भिरबाट सुनकोसी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

सिन्धुलीको मरिणबाट काठमाडौं तर्फ जाँदै गरेको सुपर बासुकी बस सुनकोसी नदीमा खसेको हो। ना.६ ख ९१२ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा ९९ प २५ ९७ नम्बरको मोटसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको अनुमान लगाइएको छ। 

घटनास्थलबाट ७ जनालाई उद्धार गरी उपचारकालागि धुलीखेल तर्फ पठाइएको र नदीबाट एउटा शव निकालिएको स्थानीय मिन श्रेष्ठले जानकारी दिए। घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। बसका सहचालकको अवस्था भने सामान्य रहेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २६ आश्विन २०७५ ०६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App