३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कराँचीस्थित चिनियाँ महाबाणिज्य दूतावासमा आक्रमण, पाँच जनाको मृत्यु

पाकिस्तानको राजधानी कराँचीस्थित चिनियाँ महाबाणिज्य दूतावासमा बन्दुकधारीले आक्रमण गर्दा दुर्इ प्रहरीसहित पाँच जनाकाे मृत्यु भएकाे छ।

कामदार पठाउने प्रक्रिया सुरु गर्न मलेसियाको आग्रह

नेपाल र मलेसियाबीच भएको श्रम समझदारी (एमओयू) लाई आधार मान्दै काठमाडौंस्थित मलेसियन राजदूतावासले मेलेसिया रोजगारीसम्बद्ध संस्थालाई काम सुरु गर्न पत्राचार गरेको छ।

नेपालमा वन्यजन्तु संरक्षणको बेलायतमा प्रशंसा

लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बाघको संरक्षणमा नेपालले प्राप्त गरेको सफलताको खुलेर प्रशंसा गरेका छन्।

‘सामाजिक–आर्थिक रुपान्तरणको वाहक ऊर्जा क्षेत्र’

बेइजिङस्थित नेपाली राजदूतावासको सक्रियतामा मङ्गलबार ‘नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसर : नेपाल–चीन आर्थिक सहयोग मञ्च’ विषयक छलफल कार्यक्रमको आयोजना गरिएको छ।

टर्कीले साउदी वाणिज्य दूतावास खानतलासी गर्ने

पत्रकार जमाल खसोग्गी बेपत्ता प्रकरणको अनुसन्धान गरिरहेको टर्कीले सोमबारपछि इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा खानतलासी गर्ने विवरण बाहिरिएको छ।

नेपाल पठाउने भन्दै अवैध कामदारमाथि मलेसियामा ठगी

मलेसियामा बसोवास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना हुन थालेका छन्। मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल पठाउन जिम्मेवारी दिएको भन्दै केही नेपालीले नै ठगी गर्नेे गरेको पाइएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ।

छेन्दुमा महावाणिज्य दूतावास खोल्न नेपाललाई चीनको प्रस्ताव

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले दुई देशबीचको सम्बन्ध सुधार तथा सहकार्यलाई सहज बनाउन छेन्दुमा नेपालले महावाणिज्य दूतावास चाँडै खोल्नुपर्ने प्रस्ताव गरे। ‘सम्माननीज्यू नेपाल फर्कना साथ छेन्दुमा महाणिज्य दूतावास खोल्नेमा नेपाल सरकारले निर्णय लिनेमा आशावादी छु’, उनले भने, ‘महावाणिज्य दूतावास स्थापना भएमा हामीलाई धेरै सहज हुनेछ।’

अमेरिकी दूतावासमा गोली प्रहार

टर्कीमा रहेको अमेरिकाको दूतावासमा सोमबार गोली प्रहार भएको छ। घटनामा परी कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन्। टर्कीका एक जना सरकारी अधिकारीका अनुसार दूतावासमा छ ओटा गोली प्रहार भएको थियो। गोली फलामे ढोका र दूतावासको भित्तामा लागेको थियो।

बंगलादेशी दूतावास अगाडि फोटो पत्रकारद्वारा प्रर्दशन (भिडियो/फोटो)

नेपाली फोटो पत्रकारहरूले बंगलादेशी दूतावास अगाडि प्रदर्शन गरेका छन्। बंगलादेशी सरकारले त्यहाँका वरिष्ठ फोटो पत्रकार शाहिदुल आलमलाई प्रकाउ गरेको विरोधमा उनीहरूले काठमाडौंमा प्रदर्शन गरेका हुन्।

भारतीय दूतावासको विराटनगर क्याम्प कार्यालय बन्द

नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालय आजबाट बन्द भएको छ।

राजदूतावास र एनआरएन जापानले संयुक्त रूपमा नेपाल फेस्टिबल आयोजना गर्ने

नेपालको कला, संस्कृति र नेपालको बारेमा प्रचार प्रसारगरी पर्यटन प्रर्वद्दन गर्ने उदेश्यले गैर आवसीय नेपाली सघं जापानले गर्दै आईरहेको नेपाल फेस्टिवल यो वर्षदेखि नेपाली राजदूतावाससंग संयुक्त रुपमा गर्ने सहमति भएको छ।

पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग

पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन्।

अमेरिकी दूतावास अगाडि बिस्फोट

बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनियाँ नागरिकले विहीबार दिउँसाे बिस्फोटक पदार्थ पड्काएका छन्। प्रहरीका अनुसार उक्त बिस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै पक्राउ गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्