२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

भारतीय दूतावासको विराटनगर क्याम्प कार्यालय बन्द

काठमाडौं – नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालय आजबाट बन्द भएको छ।भारतीय दूतावासद्वारा जारी विज्ञप्तिअनुसार दूतावासको विराटनगर कार्यालयबाट प्रदान गरिँदै आएका यातायात अनुमति, भारतीय नागरिकका लागि प्रमाणपत्र दर्ता, जन्म÷मृत्यु पञ्जीकरण प्रमाणीकरणलगायत सेवा बन्द गरिएका हुन्।

हालसम्म विराटनगर कार्यालयबाट प्रदान गरिने सबै सेवाका लागि आज साउन १६देखि काठमाडौँस्थित भारतीय दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका बेला सो कार्यालय बन्द गर्ने बारेमा सहमति भएको थियो। विसं २०६५ भदौमा कोशी बाँध भत्किएर आएको बाढीपछि भारतीय भूमिबाट गरिने यातायात सहजताका लागि सो कार्यालय स्थापना गरिएको थियो।  रासस

प्रकाशित: १६ श्रावण २०७५ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App