१६ असार २०८१ आइतबार
image/svg+xml

गठबन्धन सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई समस्या मानेनः ओली

उनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको समयमा चुच्चे नक्शाको विषयमा वार्ता गर्नुको साटो चुच्चे नक्शालाई समस्या नै नमानेको आरोप लगाए। अध्यक्ष ओलीले गठबन्धन सकरारले आफ्नो जमिन फिर्ता लिन्छौँ भन्न नसक्नु लाजमर्दाे भएको समेत बताए।

पूर्वप्रधानमन्त्री ओलीसँग एनआरएनए प्रतिनिधि मण्डलको भेट

संघको प्रतिनिधि मण्डलले गैरआवासीय नेपालीहरुको नेपालमा लगानी, दोहोरो नागरिकता, सामाजिक सुरक्षा लगायतका मागमा सहयोग गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको थियो।

धरहरा उद्घाटनको एक वर्ष : ठेकेदार कम्पनी चौथो पटक म्याद थपको माग गर्दै

पूर्वप्रधानमन्त्री ओलीले गत वैशाख ११ गते धरहरा वरपरका अत्यावश्यक पूर्वाधार तयार नहुँदै हतार–हतार उद्घाटन गरेका थिए। उद्घाटन गरेको एक वर्ष पुगुञ्जेलसम्ममा पनि धरहराको भौतिक प्रगति भने ७८ प्रतिशत मात्रै भएको छ।

ओली–नेपाल घोचपेच व्यक्तिगत तहमै

करिब ५० वर्ष एउटै पार्टीमा काम गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेबाट आठ महिनाअघि विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालबीच व्यक्तिगत रूपमै आरोपप्रत्यारोप चल्दै आएको छ।

जनताका समस्या समाधान गर्ने पार्टी एमाले हो: केपी ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गरेका छन्।

गलत काम गर्ने पार्टीलाई जनताले ठेगान लगाउँछन्: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका छन्।

देशी विदेशी शक्तिसँग लड्न एमाले सरकारः ओली

अहिले जनादेशबाट होइन मठाधेशबाट बनेको सरकार छ। यसले जनताका लागि केहि गर्न सक्दैन्। एमाले सरकार बने जनताले विदेशीसँग कहिल्यै पनि शिर झुकाउनु नपर्ने बताए। उनले सम्वृद्ध नेपाल र सुखी नेपालीका लागि पनि एमाले सरकार आवश्यक भएको बताउँदै विकास निर्माणका लागि एमाले सरकार बन्नुपर्ने बताए।

एमसिसी उपाध्यक्ष भेटघाटमा व्यस्त: आवश्यक नभए अस्वीकृत गर्न सुझाव

कडा सुरक्षाका बीच काठमाडौं उत्रिएकी सुमारले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी छन्। ओलीसँगको भेटमा अमेरिकाले सहयोगका रूपमा एमसिसी नेपालमा कार्यान्वयन गर्न खोजेको सुमारले स्पष्ट पारिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्