७ वैशाख २०८१ शुक्रबार
राजनीति

देशी विदेशी शक्तिसँग लड्न एमाले सरकारः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादीहरूसँग लड्न एमाले सरकार आवश्यक भएको बताएका छन्। आइतबार झापाको शिवसताक्षी–८ स्थित वाटर किंगडम पार्क एण्ड रिसोर्टको उद्घाटनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘मुलुक संमृद्धितिर जाने देखेर देशी विदेशी मिलेर षड्यन्त्र गरेर एमाले सरकार ढाले।’

अहिले जनादेशबाट होइन मठाधेशबाट बनेको सरकार छ। यसले जनताका लागि केहि गर्न सक्दैन्। एमाले सरकार बने जनताले विदेशीसँग कहिल्यै पनि शिर झुकाउनु नपर्ने बताए। उनले सम्वृद्ध नेपाल र सुखी नेपालीका लागि पनि एमाले सरकार आवश्यक भएको बताउँदै विकास निर्माणका लागि एमाले सरकार बन्नुपर्ने बताए।

अध्यक्ष ओलीले नेकपा एमाले भएसम्म जनताले चिन्ता गर्नु पर्दैन भन्दै अबको एक वर्षपछि एमालेको सरकार बन्ने दाबीसमेत गरे। उनले अबको पाँच वर्षपछि देश कसरी बन्दो रहेछ हेर्नुहोला भन्दै देश विकासका लागि एमालेको सरकार बनाउन लागि पर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए।

यस्तै अध्यक्ष ओलीले पर्यटन विकासको लागि वाटरपार्क निर्माणले ठूलो योगदान दिने धारणा समेत राखे। उनले वेद, उपनिषद्, पुराणलगायतको रचना पनि एक नम्बर प्रदेशमै भएको भन्दै उनले एक नम्बर प्रदेशलाई विद्धान्हरूको प्रदेशको संज्ञासमेत दिए।

वाटर किंगडम पार्ककी सिइओ मेनुका संग्रौलाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एमाले नेताहरू राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल, पूर्वमन्त्री अग्नि खरेल, नेकपा एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्की, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मालगायतको उपस्थिति रहेको थियो। अध्यक्ष ओलीलाई झिलझिले चोकबाट बग्गीमा राखेर तामझामका साथ बाजागाजासहित वाटर किंगडमसम्म लगिएको थियो। अध्यक्ष ओली आइतबार अन्य कार्यक्रममा सहभागी भएका थिए।

प्रकाशित: २६ पुस २०७८ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App