२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोना संक्रमणबाट बाँकेमा थप ४ जनाको मृत्यु

नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल र जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसन खजुरामा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका ३ र बर्दियाका एक जना रहेका छन्।

बाँकेमा थप ९ जना संक्रमितको मृत्यु

शनिबार साँझसम्म कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या दुई सय ३८ पुगेको छ। जसमध्ये एक सय २० जना बाँके जिल्लावासी हुन् भने बाँकी एक सय १८ जना विभिन्न जिल्लाबाट उपचारका लागि नेपालगन्ज ल्याइएका व्यक्ति छन्।

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोनाको सामान्य लक्षण देखा परेपछि नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ।

पत्रकार महासंघ खोटाङ शाखाका सचिवलाई कोरोना संक्रमण

नेपाल पत्रकार महासंघ शाखा खोटाङका सचिव लोकमणी रिजाललाई कोरोना संक्रमण पुष्टी भएको छ । कोभिड–१९ बाट संक्रमण भएको पुष्टी भएपछि सचिव रिजालको हाल कोभिड अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टाभित्र बाँकेमा ९ को मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा बितेको २४ घण्टाभित्र ९ जनाको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

सुनसरीमा पूर्ण लकडाउनको तयारी

सुनसरीमा कोरोना संक्रमणले तीव्र रुप लिँदा पनि सुनसरीका विभिन्न नाका भएर नेपाल र भारत आउजाउ गर्ने क्रम रोकिएको छैन।

सडकमै पुगेर सुरक्षाकर्मीका गुनासा सुन्छन् प्रजिअ

दोस्रो लहरको कोरोना संक्रमण बढ्दै जान थालेपछि स्थानीय प्रशासनले एक सातादेखि सुर्खेतमा निषेधाज्ञा जारी गरेको छ ।

कोरोना संक्रमणकाे दोस्रो लहरः दिल्लीबाट काठमाडाैंले के सिक्ने ?

भारतमा भएको कोरोना भाइरसको विकराल स्थितिबाट नेपालले धेरै पाठ सिक्नुपर्छ। जनसंख्याको प्रतिशतको आधारमा हेर्दा भारतमा भन्दा नेपालमा संक्रमण बढ़ी भएको देखिन्छ। यो बिरामीको ठूलो लक्षण भनेको मानिसको शरीरमा अक्सिजनको मात्रा कम हुनु हो। यो संक्रमण बढेमा अक्सिजनको माग नेपालमा पनि तीव्र हुन सक्छ । त्यहीअनुरूप सरकारले अक्सिजनको व्यवस्थाका लागि अहिल्यै नै पहल गर्नुपर्छ।

कोरोना संक्रमण नियन्त्रण गर्न उच्च अदालतको आदेश

नयाँ भेरियन्टकाे रुपमा बाँकेमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले अन्तरिम आदेश दिएको छ ।

बढ्दो कोरोना संक्रमणः सर्वसाधारणको लापरबाही, स्थानीय तहको उदासिनता

बैतडीमा कोरोना संक्रमण बढ्दै गएको छ । दिनहुँ संक्रमितको संख्या बढे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना भएको छैन।

थप ५ हजार ७२७ जनालाई कोरोना संक्रमण, ३३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

नेपाली संगीतका चर्चित गायक प्रकाश सपुतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनले आज फेसबुक पेजमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।

२४ घण्टाभित्र बाँकेमा १२ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टाभित्र बाँकेमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । २४ घण्टाभित्र यति धेरै मृत्यु भएको यो तथ्यांक अहिलेसम्मकै उच्च रहेको बताइएको छ ।

कर्णाली प्रदेश सरकारद्वारा कोरोना नियन्त्रणका लागि एक अर्ब ३४ करोड विनियोजन

बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले एक अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ।

उपत्यकामा निषेधाज्ञा: नटेरे ठाउँको ठाउँ कारबाही

अत्यावश्यक सेवासुविधा सञ्चालन हुन दिने गरी सुरु भएको निषेधाज्ञामा नियम उल्लंघन गर्नेमाथि प्रहरीले सडकमै कारबाही गर्नेछ। निषेधाज्ञा लागु भएपछि बिनाकाम सडकमा निस्कने, भीडभाड गराउने, कोरोनाको जोखिम बढाउनेलाई प्रहरीले कारबाही गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्