चौपाया र पन्छीलाई यातना दिन नपाइने
सर्वोच्च अदालतले कुनै पनि पशुलाई यातना दिने गरी ओसारपसार नगर्न अन्तरिम आदेश दिएको छ।
सर्वोच्च अदालतले कुनै पनि पशुलाई यातना दिने गरी ओसारपसार नगर्न अन्तरिम आदेश दिएको छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ र ७ मा रहेका चौपायामा खोरेत रोगको संक्रमण देखिएको छ। अहिलेसम्म खोरेतका कारण १२ बाख्रा र एक गाईको बाछा मरेका छन्।
काठमाडौँ महानगरपालिकाले उपत्यका भित्रका छाडा चौपायालाई नियन्त्रणमा लिएको छ । बीच सडकमा खुलेआम हिडिरहेका चौपायाले सवारी आवागमनमा समस्या श्रृजना गरेको गुनासो आएपछि महानगरले विहीबार नियन्त्रणमा लिएको हो।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका एक घरमा भएको आगलागीमा १६ लाख बराबरको क्षति भएको छ। हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईको घरमा आगलागी हुँदा १६ लाख ४८ हजार बराबरको धनमाल क्षति भएको हो । अचानक घरभित्रबाट सल्किएको आगोले तीन तले घर, घरभित्र भएका धनमाल, १४ चौपाया लगायत जलेको प्रहरीले जनाएको छ।
र्षाका कारण बबई र कर्णाली नदीमा पानीको सतह बढेको छ। पानीको सतह बढेसँगै बबई र कर्णाली नदीमा बाढीको जोखिम बढेको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। दुई वटा नदीमा पानीको सतह बढेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए।
काठमाडौं महानगरपालिकाभित्र दैनिक सरदर ५ चौपाया मृत अवस्थामा भेटिने गरेका छन्। साउनदेखि फागुनसम्ममा १३ सय ८४ चौपया मृत अवस्थामा भेटिएका हुन्। मृत फेला पर्ने चौपायामा कुकुर, बाच्छा, साँढे, बिरालो र बाँदर छन्।
रौतहटको छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा लाखौंको धनमाल जलेर खरानी भएको छ। स्थानीय भेडियाही र बरियारपुर गाविसमा आइतबार राति भएको आगलागिमा आठ चौपायासहित करिब ७ लाख मूल्य बरावरको धनमाल जलेर क्षतिग्रस्त बनेको छ।
सवारी दुर्घटना र ट्राफिक अस्तव्यस्त रोक्न विस्तार भएको चारलेन सडक खण्डको कोहलपुर क्षेत्रमा छाडा चौपायको बिगबिगी बढेको छ। चारलेन सडक बीचबाट छाडा चौपाया आवतजावत गर्ने र डिभाइडरमा चरनले दुर्घटना र जाम बढाएको छ। सडक चौडा भए पनि कोहलपुर नगरका चारलेन सडकमा छाडा साढेको राज बढिरहेको छ।