२६ आश्विन २०८१ शनिबार
image/svg+xml

उदाउँदै अस्ताउँदै गण्डकीको हक्की

पोखरामा २०३४ सालदेखि हक्की खेल्न सुरु गरियो । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४०(पोखरा)मा हक्की समावेश थियो । २०४२ सालमा बीरगंजमा तेस्रो राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो ।

‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध प्रतियोगिताको समय थपियो

‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगितामा जेठ ३२ गतेसम्म सहभागी हुन पाइने भएको छ ।

पूर्वाधारका लागि ४३ करोड ७० लाख रुपैयाँ माग

यसै वर्षको फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत सम्बोधन गरिएको छ । संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले आवश्यक बजेट विनियोजन गरेको छु भन्दै अभिव्यक्ति दिएपछि अन्योलमा परेको खेलकुद प्रतियोगिता हुने निश्चित भएको हो ।

आफ्नो गाउँको बारेमा निबन्ध लेख्नेलाई पुरस्कार

पर्यटन प्रवद्र्धन मञ्च, नेपालले ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ । उसले उत्कृष्ट ३ वटा निबन्धलाई ७ हजार रुपैयाँका दरले पुरस्कृत गर्ने जनाएको छ ।

अन्तिम चारमा न्यु भिजन र बालुवाटार

बालुवाटार क्रिकेट क्लब र न्यु भिजन क्लब जारी काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगितामा मंगलबार सेमिफाइनलमा पुगेका छन्।

धरानमा प्रदेश स्तरीय कलेज बास्केटबल प्रतियोगिता हुने

विद्यालयस्तरबाटै बास्केटबल खेलको विकास तथा प्रबद्र्धन गर्ने उद्देश्यले धरानमा ‘प्रदेश १ स्तरीय बराह ग्रुप महिला–पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । धरान बास्केटबल संघको आयोजनामा आगामी चैत ७ गतेदेखि १२ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

ब्वाइज युनियन विजयी

आयोजक बागमती युवा क्लब नीलोविरुद्ध १–० को जित निकाल्दै ब्वाइज युनियन क्लब, काठमाडौं सर्लाहीको बागमतीमा बिहीबारबाट सुरु राजर्षि जनक कप फुटबल प्रतियोगिताको अघिल्लो चरणमा पुगेको छ।

नेपालको बेस्टर्न र बाङलादेशको असरक विजयी

अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ। भैरहवाको सिद्धार्थ रंगशालामा पहिलो पटक आयोजना भएको प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा नेपालको बेस्टर्न क्रिकेट क्लब र बाङलादेशको असरक स्पोटर्स क्लब विजयी भएको छ।

अन्तरनगर एथलेटिक्स सम्पन्न, आयोजक भक्तपुर प्रथम

भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार सम्पन्न अन्तरनगर एथलेटिक्स प्रतियोगितामा आयोजक भक्तपुर नगरपालिका १४ स्वर्ण, १४ रजत र १५ कांस्य पदक प्राप्त गरी प्रथम भएको छ। ललितपुर महानगरपालिकाले आठ स्वर्ण, तीन रजत र पाँंच कांस्य प्राप्त गरी द्वितीय र भरतपुर महानगरपालिकाले चार स्वर्ण, दुई रजत प्राप्त गरी तृतीय स्थान हासिल गरे।

भक्तपुरको वर्चस्व कायमै

भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरनगर एथलेटिक्स प्रतियोगिताअन्तर्गत आइतबार भएको ४/ १०० मि. रिले महिला फाइनल गेमतर्फ भक्तपुर नपाका प्रकृति सुवाल, स्वागता खाइजु, श्रेयस्का शिल्पकार र कसिस गोठे प्रथम भएका छन्।

आयोजक भक्तपुर नगरपालिकाको बर्चस्व कायमै

भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत आइतबार भएको ४१०० मि. रिले महिला फाइनल गेमतर्फ भक्तपुर नपाका प्रकृति सुवाल, स्वागत्ता खाइजु, श्रयस्का शिल्पकार र कसिस गोठे प्रथम भएका छन्।

आयोजक भक्तपुरको वर्चस्व

भक्तपुर नगरको आयोजनामा भइरहेको अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न एक सय मिटर महिला दौडमा भक्तपुर नगरपालिकाकी स्वागता खाइजु प्रथम भएकी छिन्।

आयोजक भक्तपुर नगरपालिकाको वर्चस्व

भक्तपुर नगरपाको आयोजनामा भइरहेको अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न एक सय मिटर महिला दौडमा भक्तपुर नगरपालिकाकी स्वागता खाइजु प्रथम भएकी छन्। भक्तपुर नपाकै प्रकृति सुवाल द्वितीय र ललितपुर महानपाका सुप्रिया रजक तृतीय हुन सफल भए।

पोखरा राइनोजमा मुन्से

चैत १ गतेदेखि १५ गते काठमाडौंमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा स्कटल्यान्डका जर्ज मुन्सेले पोखरा राइनोजबाट खेल्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्