२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपालको बेस्टर्न र बाङलादेशको असरक विजयी

भैरहवा- अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ। भैरहवाको सिद्धार्थ रंगशालामा पहिलो पटक आयोजना भएको प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा नेपालको बेस्टर्न क्रिकेट क्लब र बाङलादेशको असरक स्पोटर्स क्लब विजयी भएको छ।

पहिलो खेलमा टस हारेर व्याटिङ रोजेको वेस्टर्नले १२ ओभर ३ विकेट गुमाउदै १३२ रन बनाएको थियो। १३३ रनको लक्ष्य पाएको शोविज क्रिकेट क्लब काठमाडौले लक्ष्य पु¥याउन नसकेपछि ७८ रनबाट हार व्योहोर्नु प¥यो। शोविजले १२ ओभरमा ५ विकेट गुमाउदै ५४ रन मात्र बनाएको थियो। जितका लागि बेस्टर्नका प्रदिप एैरीले नटआउट ५३, कुशल भुर्तेलले १८ र कृष्ण कार्कीले १७ रन बनाए। बलिङ तर्फ सोविज शुभम सिंह ठकुरी, अनुप श्रेष्ठ र अंकित प्रताप सिंहले १–१ विकेट लिए।

टस जितेको सोविजका अनुप श्रेष्ठले २६ रन बनाए पनि जित आफ्नो पक्षमा पार्न सकेनन्। बलिङ तर्फ बेस्टर्नका बसन्त रेग्मी र कृष्ण कार्कीले २  एवं विक्रम एओबीले १ विकेट लिए।

बिहीबार नै सम्पन्न दोस्रो खेलमा टस जितेर व्याटिङ रोजेको असरक स्पोटर्स क्लब बाङलादेशले निर्धारित १२ ओभरमा २ विकेट गुमाउदै १६१ रन बनाएको थियो। १६२ रनको लक्ष्य पाएको भारत मुम्बईको अल्फा वारियर्सले लक्ष्य पु¥याउन नसकेपछि ९६ रनको अन्तरले हार व्योहोर्नु प¥यो। अल्फाले १० दशमलव ५ ओभरमा अलआउट हुदै ६५ रन मात्र बनाएको थियो। जितका लागि असरकका अश्कर कोल्क नटआउट ७४ मोहम्मद चौधरीले ५० रन बनाए । बलिङ तर्फ अल्फाका प्रताश गोसाउ र अजय श्रीवास्तवले १–१ विकेट लिए।

जवाफमा खेल्दै अल्फाका अजय श्रीवास्तले नटआउट ३४, रितेश कुमारले १४ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सफल भएनन्। बलिङ तर्फ असरकका हमिद अहमदजाइले ६, मोहम्मद बदरुल्लाह चौधरीले २ र अलिसमदले १ विकेट लिए।

बिहीबारको पहिलो खेलमा वेस्टर्नका प्रदिप एैरी र दोस्रो खेलमा अल्फा वरियर्सका हमिद अहमदजाई म्यान अफ द म्याच भए।

शुक्रबारको खेल बङ्गलादेशको असरक स्पोर्ट्स ग्लोबल क्रिकेट क्लब र शोबिज क्रिकेट क्लब काठमाडौ नेपालबीच र दोस्रो खेल पाकिस्तानको गुजरात लायन्स क्रिकेट क्लब र राइनो स्पोटर्स  क्लब काठमाडौबचि हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए।

भैरहवा क्वीन्स प्रालिको आयोजना राइनो स्पोर्ट्सको संयोजनमा भैरहवास्थित सिद्धार्थ रंगशालामा पहिलो पटक भइरहेको अन्तरदेशीय टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत बाङ्लादेश पाकिस्तानका ८ वटा व्यवसायिक क्लबले प्रतिस्पर्धा गर्दै छन्।

रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा २२ गतेसम्म हुने प्रतियोगिता ४–४ वटा टिमलाई दुई समूहमा विभाजन गरि लिग चरणमा गराइदै छ, समूहको विजेता र उपविजेताबीच नकआउटको आधारमा प्रतिस्पर्धा गराइने प्रतियोगिताको संयोजक शुशिल पाण्डेले बताए।

प्रतियोगितको ह्वाक नेपाल, कामना सेवा बैंक, स्प्यारो एसएमएसले प्रायोजन गरेको छ भने प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार पाउने छ।

 

प्रकाशित: १५ फाल्गुन २०७६ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App