२६ आश्विन २०८१ शनिबार
image/svg+xml

खप्तड गोल्डकपको तयारी पूरा

सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले शुक्रबारबाट सुरु हुने चौथो सस्करणको नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

शुक्रबार अन्तर्राष्ट्रिय रेस्लिङ

हिमालयन टाइगर प्रो रेस्लिङ एसोसिएसन र राइनस नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार अन्तर्राष्ट्रिय रेस्लिङ भिडन्त हुने भएको छ।

भोलिदेखि अन्तरनगर एथ्लेटिक्स

भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबारदेखि हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको तयारी पूरा भएको नगरपालिकाले जनाएको छ।

बिहीबारदेखि अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता हुने

भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ८ गतेदेखि १२ गतेसम्म हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको तयारी पूरा भएको नगरपालिकाले जनाएको छ। मंगलबार भएको पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख एवं प्रतियोगिता मूल समितिका संयोजक सुनिल प्रजापतिले प्रतियोगिताको अन्तिम तयारी पूरा भएको बताए। निर्वाचनको समयमा जनताबीच व्यक्त प्रतिवद्धता पूरा गर्ने सिलसिलास्वरुप नगरपालिकाले हरेक वर्ष खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको उनले बताए।

दुईदिवसीय क्रिकेटको तयारी पूरा

सोमबारबाट हुने यु–१९ दुईदिवसीय क्रिकेट प्रतियोगिता हिमालयन क्रिकेट लिगको उद्घाटन खेलमा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) र हिमालय क्रिकेट एकेडेमी (एचसिए) भिड्ने भएका छन्।

गणेशमान स्मृति बक्सिङ अर्को महिना

नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ अर्को महिना हुने भएको छ।

प्रेरणा र अमनले जिते उपाधि

अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन(आइटिएफ)को विश्व वरीयता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिलातर्फ प्रेरणा कोइरालाले उपाधि जितेकी छन्।

सागका विजेतालाई प्रदेश सरकारको सम्मान

सरकार गठन भएको दोस्रो वार्षिकोत्सवका अवसरमा बागमती प्रदेश सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजयी खेलाडीलाई सम्मान गरेको छ।

अछाममा प्रदेशकै ठूलो धनराशिको भलिबल प्रतियोगिता हुने

अछामको साँफेबगरमा सुदूरपश्चिम प्रदेशकै ठूलो धनराशीको भलिबल प्रतियोगिता हुने भएको छ। जिपी कोईराला प्रतिष्ठान जिल्ला शाखा अछामको आयोजनामा ठूलो धनराशिको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ।

‘नेपाल स्माइल्स’ विधामा प्रथम तस्बिरको पुरस्कार खोसियो

फोटो पत्रकार क्लबद्ले आयोजना गरे नेपाल फोटो प्रतियोगिता २०७६ मा ‘नेपाल स्माइल्स’ विधामा प्रथम घोषित तस्बिरलाई अयोग्य ठहर गरिएको छ। क्लबका प्रवक्त दिपेश श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा सुरज श्रेष्ठले खिचेको उक्त तस्बिर प्रतियोगिताको मापदण्डअनुरुप नभएकाले अयोग्य ठहर्‍याइएको उल्ले छ।

प्रणय दिवसमा प्रेमपत्र वाचन प्रतियोगिता

'भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवसका अवसरमा पाणिनि बहुमुखी क्याम्पस सन्धिखर्कमा प्रेमपत्र वाचन प्रतियोगिता सम्पन भएको छ।

माछापुच्छ्रे क्रिकेटको तयारी पूरा

शनिबारबाट हुने छैटौं संस्करणको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

तिलोत्तमामा राष्ट्रपति रनिङशिल्ङ्ग प्रतियोगिता सुरु

तिलोत्तमा नगरपालिकामा आइतबारदेखि राष्ट्रपति रनिङशिल्ङ्ग छनौट प्रतियोगिता सुरु भएको छ। तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको नगरस्तरीय प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ३७ विद्यालयहरुले प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्