२६ आश्विन २०८१ शनिबार
image/svg+xml

बुटवलमा लन टेनिस प्रतियोगिता हुने

मोफसलमा ठूलो धनराशिको तेस्रो खुला लन टेनिस प्रतियोगिता हुने भएको छ। रुपन्देही लन टेनिस संघको आयोजनामा आगामि फागुन ५ देखि ९ गतेसम्म बुटवलमा तेस्रो संस्करणको प्रतियोगिता गर्न लागिएको हो।

एन्जल्स हर्ट च्याम्पियन

आयोजक एन्जल्स हर्ट सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ।

स्यान्टुलाई स्वर्ण

सोफ्टवारिका कलेजका सयान्टु श्रेष्ठले तेस्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिताको कलेजतर्फ पुरुष सिंगल्समा सोमबार स्वर्ण जितेका छन्।

धनुषाको विजयी सुरुआत

पर्सालाई टाइब्रेकरमा ४–२ ले हराउँदै धनुषाले वीरगन्जमा शनिबारदेखि सुरु भएको प्रदेशस्तरीय ‘प्रथम गिरिजाप्रसाद गोल्ड कप फुटबल प्रतियोगिता’ मा विजयी सुरुआत गरेको छ। निर्धारित ८० मिनेटमा दुवै टोलीले १–१ गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

भक्तपुरमा फुटवल प्रतियोगिता सुरु

भक्तपुरस्थित ख्वप कलेजको वार्षिकोत्सवको अवसरमा शनिबारदेखि यहाँं विभिन्न प्रतियोगिताहरु सुरु भएका छन्। ख्वप मावि, ख्वप कलेज तथा शारदा क्याम्पसको वार्षिकोत्सवको अवसरमा शनिबारदेखि फुटवल र भलिबल (छात्रछात्रा) प्रतियोगिता सुरु भएका हुन्।

एपिएफसँग आर्मी स्तब्ध

त्रिभुवन आर्मी क्लब १५औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा शुक्रबार सशस्त्र प्रहरी बलको एपिएफसँग स्तब्ध भएको छ।

एपिएफ र न्यु डायमन्डको विजयी सुरुआत

एपिएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लबले १५औं संस्करणको सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा सुखद सुरुआत गरेका छन् ।

केब्सलाई लुम्बिनी अन्तरकलेज फुटसल उपाधि

राज थोकरको निर्णायक गोलप्रेरित कुमारी बोर्डिङ इङ्लिस स्कुल (केब्स) ले आइतबार प्रथम लुम्बिनी अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

वीपीएल टि–२० प्रतियोगिता सुरु

प्रदेश २ का स्थानीय क्रिकेट कल्ब आबद्ध खेलाडीहरुका लागि महत्वपूर्ण मानिने वीरगन्ज प्रिमियर लिग (वीपीएल) टि–२० क्रिकेट प्रतियोगिताको २०७६ को संस्करण शनिवारदेखि सुरु भएको छ। वीरगन्जमा रहेको नारायणी क्रिकेट मैदान आयोजित प्रयोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य प्रदिप यादवले एक समारोहकाबीच गरेका छन्।

गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय कविता महोत्सव गर्ने

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा आगामी फागुन १६ गते देशव्यापी राष्ट्रिय कविता प्रतियोगिता महोत्सव हुने भएको छ।

मोरङलाई उपाधि

मोरङ फुटबल संघको महिला टोलीले धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

राष्ट्रिय भलिबल प्रतियोगिता हुने

दुलेगौँडाको पञ्चमुनिदेव माध्यमिक विद्यालयको आयोजनामा राष्ट्रब्यापी विद्यालयस्तरिय भलिबल प्रतियोगिता हुने भएको छ। विद्यालयले स्वर्ण महोत्सवको अवसरमा प्रतियोगिताको अयोजना गरेको हो।

आर्मी र एपिएफको विजयी सुरुआत

एउटा टोली प्रतियोगितामा सहभागी नभएपछि एकआपसमा भिड्नुअघि नै पुलिस र मणिमुकुन्द भलिबल क्लब क्वार्टरफाइनलमा पुग्न सफल भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्