३ असार २०८१ सोमबार
image/svg+xml
खेल

स्यान्टुलाई स्वर्ण

काठमाडौं – सोफ्टवारिका कलेजका स्यान्टु श्रेष्ठले तेस्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिताको कलेजतर्फ पुरुष सिंगल्समा सोमबार स्वर्ण जितेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनलमा स्यान्टुले लिभरपुलका नारायण घिमिरेलाई ११–५, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरे। बिएमसीका राजीव चिकनबन्जार तथा आदर्श विद्यामन्दिर (एभिएम) का संयोग कपाली तेस्रो भए। सोही स्पर्धाको महिलामा लिभरपुलकी सिक्का सुवाल श्रेष्ठले फाइनलमा लिभरपुलकै अञ्जु सुवाललाई ११–४, ११–८, ८–११ र १५–१३ को सेटमा हराउँदै पहिलो भइन्। ओजश्वीकी अनुष्का प्रसाईं तथा लिभरपुलकी मन्जु सुवाल तेस्रो भए।

ललितपुर जिल्ला टेबल टेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा एभिएमकी इभाना थापामगरले बाजी मारिन्। फाइनलमा इभानाले ब्लु बर्डकी प्रनिका कुँवरलाई ८–११, ११–७, ११–९, ६–११ र ११–६ को सेटमा पाखा लगाइन्। तोरणकी फुर्कु मोक्तान तथा संस्कृतिकी स्तुति डंगोलले कांस्य जिते। उक्त स्पर्धाको ब्वाइजमा एभरेस्टका हिमाल विष्टले स्वर्ण जिते। उनले फाइनलमा एभरेस्टकै समीर खत्रीको चुनौती ५–११, ११–९, ११–६ र ११–५ ले पन्छाए।

एसआरएसएसका धनन्जय दाहाल तथा प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका रोमन थापामगर तेस्रो भए। यु–१४ ब्वाइज सिंगल्स फाइनलमा पुष्पसदनका सिद्धार्थ तामाङले एभिएमका आयुष भारतीलाई ११–६, ११–६ र ११–१ को सीधा सेटमा पन्छाए। पुष्पसदनका सुप्रिम नेपाली तथा आरुणीका सुशान्त चौलागाईं तेस्रो भए। प्रतियोगिताअन्तर्गत मंगलबारदेखि खुलातर्फ पुरुष/महिलाको सिंगल्स खेल हुने आयोजकले जनाएको छ।

प्रकाशित: २१ माघ २०७६ ०१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App