२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

वीपीएल टि–२० प्रतियोगिता सुरु

वीपिएलटि–२० क्रिकेट प्रतियोगिता उद्घाटन गरिँदै । तस्बिरः रितेश त्रिपाठी

वीरगन्ज- प्रदेश २ का स्थानीय क्रिकेट कल्ब आबद्ध खेलाडीहरुका लागि महत्वपूर्ण मानिने वीरगन्ज प्रिमियर लिग (वीपीएल) टि–२० क्रिकेट प्रतियोगिताको २०७६ को संस्करण शनिवारदेखि सुरु भएको छ।  वीरगन्जमा रहेको नारायणी क्रिकेट मैदान आयोजित प्रयोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य प्रदिप यादवले एक समारोहकाबीच गरेका छन्।

नेपालमा राष्ट्रिय क्रिकेट टिममा हरेक वर्ष वीरगन्ज क्षेत्रबाट खेलाडीहरु पर्ने गरेका छन्। बिभिन्न उमेर समूहको नेपाली टिम र महिला क्रिकेट टिमले पछिल्लो समयमा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा राम्रो प्रदर्शनहरु गरेपछि यस क्षेत्रमा रहेको क्रिकेट क्रेज अझ बढेर गएको छ।

स्थानीय तहमा सक्रिय रहेका क्लब र टिमहरुको खेलाडीको आकर्षण वीपीएल टि–२० क्रिकेट प्रतियोगितातिर देखिन्छ। १७ वटा म्याचसहित २० गतेसम्म चल्ने यस पटक सुरु भएको प्रतियोगितामा ६ वटा अनर टिमहरुले आफ्नो खेलाडी २० ओभरको प्रत्येक खेलका लागि मैदानमा उतारेका छन्। प्रदेश २ का बिभिन्न समूहमा खेल्ने खेलाडीहरुलाई लिलामी प्रक्रियाबाट यी अनर टिमहरुले आफूसँग अनुबन्धित गरेका छन्।

प्रतियोगिताको उद्घाटन गर्दै सांसद प्रदिप यादवले राष्ट्रिय स्तरका खेलाडीलाई खेलमा अगाडी बढ्न र टिकिराख्नको लागि जागिरको व्यवस्था समेत सकारले गर्नुपर्ने बताए। उनले प्रदेश २ सरकारलाई यसको सुरुवात गर्न आग्रह गरे। खेलाडीहरु राष्ट्रको गहना भएको बताउदै सांसद यादवले खेलकुदमा राष्ट्रिय एकता बलियो बनाउने ताकत भएको जिकिर गरे।

युनाईटेड क्रिकेट क्लबका अध्यक्ष हासिम हवारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेश सभा सांसदहरु प्रहलाद गिरी, जन्नत अन्सारी, करिमा बेगम तथा भिमा यादव, जिल्ला समन्व समिति पर्साका संयोजक नेक महमद अन्सारी, क्रिकेट एशोसिएसन अफ नेपालका सदस्य दाउद अन्सारीलगायतको उपस्थिती रहेको थियो। प्रतियोगितामा ६ वटा क्रिकेट टिम भाग लिएकोमा पहिलो खेलमा वीरगन्ज स्टारलाई र डिसिसीले १४ रनले हराएको छ। टस जितेर डिसिसिले २० ओभरमा ८ विकेट गुमाउँदै वीरगन्ज स्टारसामु १ सय २६ रनको लक्ष्य राखेको थियो।

वीरगन्ज स्टारले लक्ष्य पछ्याउने क्रममा ९ विकेट गुमाएर २० ओभरमा १ सय १२ रन मात्र बनाउन सकेको थियो। यि दुई टिमसँगै केआइसि वीरगन्ज, रौतहट राइनोज, सि ११ लायन र ड्रगन अफ साबिह दरबारले प्रतियोगितामा भाग लिदैछन्। प्रतियोगिताको विजेतालाई दुई लाख ५० हजार रुपैयाँ र उप विजेतालाई एक लाख ८० हजार रुपैयाँ पुरस्कार प्रदान समेत गरिने आयोजकले जनाएका छन्।

 

प्रकाशित: ११ माघ २०७६ १३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App