२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पोखरा राइनोजमा मुन्से

काठमाडौं – चैत १ गतेदेखि १५ गते काठमाडौंमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा स्कटल्यान्डका जर्ज मुन्सेले पोखरा राइनोजबाट खेल्ने भएका छन्।

पोखराले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुन्सेले इपिएलमा पोखरा राइनोजबाट खेल्ने जनाएको हो। यससँगै मुन्से पोखरा राइनोजमा आबद्ध हुने तेस्रो विदेशी खेलाडी भएका छन्। यसअघि पोखराले वेस्ट इन्डिजका क्रिस गेल र केस्रिक विलियम्सलाई अनुबन्ध गरेको जनाएको थियो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने प्रतियोगिता विभिन्न ६ सहरका टोलीले प्रतिस्पर्धा गर्दै छन्। बायाँहाते आक्रामक ब्याट्सम्यानले नेदरल्यान्डविरुद्धको खेलमा अविजित शतकीय इनिङ्स खेलेका थिए।

२५ बलमा शतक प्रहार गरेका मुन्सेले इएसपिएन अवार्डको ब्याटिङ पर्फर्मेन्स अफ दी इयर २०१९ को उपाधि जित्न सफल भएका थिए। यस्तै मुन्सेको नाममा एकै ओभरमा ६ छक्का प्रहार गरेको कीर्तिमान समेत छ। मुन्सेले नेपाल भ्रमण र इपिएलका लागि निकै आतुर रहेको बताएका छन्। ‘इपिएल खेल्नका लागि म आतुर छु,’ मुन्सेले भनेका छन्, ‘मुन्सेले भने, ‘म पोखरा राइनोजबाट इपिएल खेल्नेछु। नेपाली दर्शकमाझ खेल्न पाउँदा मलाई उत्साह जागेको छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App