९ आश्विन २०८१ बुधबार
image/svg+xml

खेलकुदमा बजेट पर्याप्त भएन, पूर्वाधार छैनन्ः सदस्यसचिव घिसिङ

'नवौं भन्दा दशौं चुनौती पूर्ण हो। सबैले देखेको पनि यही चुनौती हो। त्यसैले नवौं सकिएको लगत्तैबाट तयारी थाल्ने निर्णय नवौं सकिनुको अघिल्लो दिन निर्णय गरे समापनको दिन घोषणा गरेका हौं। त्यसरी घोषणा गर्दा सम्बन्धिक प्रदेशको तयारीको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ। अहिले कर्णाली प्रदेशले वहुप्रतिक्षित र चर्चित स्टेडियम बनाउँदै छ। जुन सुर्खेतमा हुँदैछ।'

नवौं राष्ट्रिय खेलकुद २०७९: त्रिभुवन आर्मीलाई रनिङ ट्रफी

गण्डकी प्रदेशको पोखरामा बिहीबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ।

नवौं राष्ट्रिय खेलकुद आज सकिँदै

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच समापन गरिनेछ।

राष्ट्रिय महिला भलिबलको उपाधी एपीएफलाई

बुधबार बेनीको खुल्ला मैदानमा दुई विभागीय टिमका बीच भएको खेलमा एपीएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै महिला भलिबलको च्याम्पियन बन्न सफल भएको हो। स्वर्णपदक विजेता एपीएफले पहिलो र दोस्रो सेटमा २५–२१,३०–२८मा खेल खेलेको थियो।

कुस्तीतर्फ आर्मी टिम च्याम्पियन

विभागीय टिम त्रिभुवन आर्मी क्लबका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठ र पुरुष तर्फको ७४ केजी तौल समूहमा सुरेस चुनारले स्वर्ण पदक जितेका हुन्।

सफ्ट टेनिसमा प्रहरी र एपीएफलाई एक/एक स्वर्ण

पोखरामा जारी प्रतियोगितामा मंगलबार भएको सफ्ट टेनिसको डबल्सतर्फका खेलमा प्रहरी र एपीएफले एक/एक स्वर्ण पदक जितेका हुन्। पुरुष युगल तर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जिते।

कुस्तीमा एपीएफलाई ९, सुदूरपश्चिमलाई ५, मधेश प्रदेशलाई ३ स्वर्ण

पूर्वी नवलपरासी (नवलपुर)मा २० स्वर्ण पदकका लागि भएको कुस्ती प्रतियोगितामा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ ५ गरी कुल ९ स्वर्ण पदक जितेको हो। कुस्तीमा महिला र पुरुष दुबैतर्फ १०/१० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।

नवौँ राष्ट्रिय खेलकुदः बुद्धिचालतर्फको महिला क्लासिकलमा त्रिभुवन आर्मीलाई स्वर्ण

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले क्लासिक चरणमा नौ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन्। प्रतियोगितामा लोहनीले क्लासिक चरणका सबै नौ खेल सम्पन्न हुँदा सबै खेलमा जित निकाल्न सफल भएको निर्णायक दीपेश गिरीले जानकारी दिए।

राष्ट्रिय महिला भलिबल: दुई विभागीय, गण्डकी र बागमती प्रदेश सेमीफाइनलमा प्रवेश

पहिलो खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्बीनी प्रदेशमाथि सोझो सेटको जित निकालेको थियो। त्यस्तै बागमती प्रदेशले समेत २५–१२, २५–१५ र २५–२३ को सेटमा सुदुरपश्चिम माथि सहज जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

महिला भलिबलः बागमती र सशस्त्र प्रहरी सेमिफाईनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलमा सशस्त्र प्रहरी बल र बागमती प्रदेश अन्तिम चारमा प्रवेश गरेका छन्। सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।

एकदिवसीय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक भएको छ।

जयरानीको लक्ष्य अन्तर्राष्ट्रिय खेलमा देशलाई पदक दिलाउने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जितिन्।

नवौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा त्रिभुवन आर्मी अपराजित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ।

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको खसेर मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्