९ आश्विन २०८१ बुधबार
image/svg+xml

पुलिसको विजयी सुरुआत

विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि ३-० को सोझो सेटमा जित निकाल्दै नेपाल पुलिस क्लबले मंगलबारबाट सुरु पहिलो संस्करणको पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

दुई विभागसहित सुदूरपश्चिम र मधेश सेमिफाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लबसहित सुदूरपश्चिम र मधेश प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

पुलिस र सुदूरपश्चिम विजयी

गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन्।

हेमा र संगीता फाइनलमा

बाग्मती प्रदेशकी हेमा राई र सशस्त्र प्रहरी बल एपिएफ क्लबकी संगीता सुनुवार शुक्रबार वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

भरत, निशान र प्रशान्त सेमिफाइनलमा

सुदूरपश्चिम प्रदेशका भरत चन्द, गण्डकी प्रदेशका निशान गुरुङ र कोसी प्रदेशका प्रशान्त दाहाल बिहीबार वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिसका भूपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द राजधानीमा जारी वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

संकेत पछ्याउँदै काठमाडौंका स्कुटरवाली

प्याडिलक्स गल्स अन ह्विल्सले शनिबार हरेक महिलाको आत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरू खेलायो।

एपिएफले कोशी प्रदेशलाई दियो १५५ रनको लक्ष्य

ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ।

एपिएफ र कोसीबीच उपाधि भिडन्त

तेस्रो संस्करणको ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र कोसी प्रदेश भिड्ने भएका छन्।

नेपालको बंगलादेशसँग बराबरी

अग्रता जोगाउन नसक्दा नेपालले यु–१७ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशसँग १–१ को बराबरी नतिजा सामना गरेको छ।

मेयर्स कपः ललितपुर बाहिरियो

ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्स–११ मधेस प्रदेशसँग १ विकेटले पराजित भएसँगै बाहिरिएको छ ।

आर्मी सेमिफाइनलमा

इटहरीमा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

हेटौंडामा नोभिस बक्सिङ सुरु

नयाँ खेलाडीको प्रतिभा प्रस्फृुटन र पहिचानको उद्देश्यसहित हेटौंडामा मंगलबारबाट अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु भएको छ।

प्रशान्त र प्रगतिलाई स्वर्ण

मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला र प्रगति कुइकेलले प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्