१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

संकेत पछ्याउँदै काठमाडौंका स्कुटरवाली

प्याडिलक्स गल्स अन ह्विल्सले शनिबार हरेक महिलाको आत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरू खेलायो। काठमाडौं र ललितपुरका नौ वटा विभिन्न ठाँउमा ‘प्याडिलक्स गल्स अन ह्विल्स’ ले सङ्केत दिएका आधारमा स्कुटरवालीहरूले सोही सङ्केत गरिएको ठाँउ पत्ता लगाई त्यहाँ पुग्नुपर्ने थियो। उक्त आयोजक टिमले सङ्केत गरिएको प्रत्येक ठाँउमा पुग्नेबित्तिकै तोकिएको समयभित्र दिइएको खेलमा उत्कृष्ट अंक ल्याउनुपथ्र्यो।

सङकेत नम्बर एकमा धर्मशाला भनी गाई र मन्दिरको चित्र दिएको थियो। त्यो सङ्केत पाएपछि महिलाहरूले यो पशुपति क्षेत्र हो भनी आफै बुझेर जानुपर्ने थियो। त्यसैगरी सङ्केत दुईमा बानेश्वर क्यु सो, सङ्केत तीनमा शान्तिनगर अर्फानका साथै स्कुलको चित्र, चौथोमा हेड अफिस भन्दै केको चित्र, पाँचांैमा खाजा खाने समय भन्दै आँगन रेस्टुरेन्टको लोगो दिएको थियो।

छैटौंमा डेन्टल क्लिनिक भन्दै ल्वाङको चित्र, सातौंमा दिइएको सङ्केतमा बाटो पत्ता लगाई रश्मि कलेक्सन नाम, आठौंमा स्कुटरको चित्र दिँदै हेड अफिस पत्ता लगाउनुपर्ने थियो भने नवांै नम्बरमा उक्त आयोजित कार्यक्रमको स्थान जाने केही सङ्केत दिइएको थियो। सङ्केत गरिएको एक ठाँउमा पुगेपछि स्कुटरवालीहरूलाई अर्को ठाँउमा जानलाई अर्को सङ्केत कुपन दिइन्थ्यो। यसरी प्याडिलक्स गल्स अन ह्विल्सले सङ्केत गरिएको विभिन्न ठाँउमा आफैले अनुमान लगाई जानुपर्ने थियो।

प्रतियोगितामा ७० वटा स्कुटीमा १४० जना महिला सहभागी रहेका थिए। स्कुटी चलाउने महिलाले स्कुटीमा चढेर विभिन्न खेलमा सहभागी भई अंक आर्जित गर्ने गरेका आधारमा विजेता घोषणा गरिएको जाजोदियाले जानकारी गराए। उनले भने, ‘२४ वर्षदेखि राउन्ड टेबल संस्थागत रूपमा रहे पनि विराटनगरमा चार पटक, वुटवलमा र काठमाडौंमा एक पटक प्याडिलक्स गल्स अन ह्विल्स कार्यक्रम सञ्चालन भएको हो।’

एक स्कुटीमा २ महिला सवार भएका थिए। सहभागी भएका सम्पूर्ण महिलाहरूलाई पाँच हजार बराबारको सामान प्रदान गरिएको थियो। उक्त सामानमा प्याडिलक्सबाट प्याड, क्युरा हेल्थबाट लोसन, पपइया कम्पनीबाट साबुन, आगनबाट खाना र खल्तीबाट के रिङका साथै अन्य कम्पनीबाट पनि विभिन्न सामान सहभागी महिलालाई हस्तान्तरण गरिएको थियो। प्याडिलक्सले निःशुल्क रूपमा फेस पेन्टिङको पनि व्यवस्था गरेको थियो।

अन्तर्राष्ट्रिय महिला दिवसलाई केन्द्रमा राखी पूर्व मिस नेपाल ईशानी श्रेष्ठको आतिथ्यमा शनिबार ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरमा आयोजित प्याडिलक्स गल्स अन ह्विल्स प्रतियोगिता सोही दिन सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा दीप प्रज्ज्वलन पूर्व मिस नेपाल श्रेष्ठले गरिकी थिइन्। राउन्ड टेबल नेपालअन्तर्गतका सदस्यहरू काठमाडौं यस राउन्ड टेबल नेपाल २१, काठमाडौं रोयल्स राउन्ड टेबल २३ र काठमाडौं रोयल्स लेडिज सर्कल ७ को आयोजनामा शनिबार साँझ सम्पन्न भएको प्रतियोगितामा सृजना कोइराला र प्रज्ञा सापकोटाको जोडी प्रथम भएका थियो। उनीहरूले सगुन ज्वेलर्सका तर्फबाट ५० हजार बराबरको ज्वेलरी प्राप्त गरेका छन्।

यसै गरी मुस्कान अग्रवाल र तानिषा अग्रवालको जोडी दोस्रो भएको छ। उनीहरूले रिभरसाइड स्प्रिङ रिसोर्टका तर्फबाट ३ दिन २ रातको स्टे प्याकेज प्राप्त गरेका छन् भने दीपा थापा र काजल श्रेष्ठको जोडीले भने तेस्रो स्थानमा चित्त बुझाएका छन्। उनीहरूको जोडीले जेम फ्लोरिङका तर्फबाट टर्किस रग प्राप्त गरेका छन्।

प्याडिलक्स गल्स अन ह्विल्स पहिलो पटक काठमाडौंमा आयोजना हुँदा खुसी व्यक्त गर्दै पूर्व मिस नेपाल श्रेष्ठले भनिन्, ‘यहाँ पहिलो पटक नै महिलाहरूको यति धेरै उत्साहपूर्ण जमात देख्दै छु। काठमाडौंमा प्याडिलक्स गल्स अन ह्विल्समा सहभागी महिलाको नै सबैभन्दा ठुलो हात छ। कार्यक्रममा उपस्थित सहभागी महिलाहरूलाई आफ्नो घरपरिवार तथा कामका बाबजुत संलग्न हुनु भएकोमा धन्यवाद दिन चाहन्छु।’

उनले आउँदा वर्षमा पनि यसरी नै सहभागी भई यस कार्यक्रमलाई निरन्तरता दिओस् भन्दै शुभकामना प्रकट गरिन्।

विजेताहरूलाई काठमाडौं एस राउन्ड टेबल नेपाल २१ का अध्यक्ष निश्चल रुगँटा, काठमाडौं रोयल्स राउन्ड टेबल २३ का अध्यक्ष हिमांशु गोल्छा र काठमाडौं रोयल्स लेडिज सर्कल ७ का अध्यक्ष शिवानी अग्रवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रतियोगितामा ७० वटा स्कुटीमा १४० जना सहभागी रहेका थिए। स्कुटी चलाउने महिलाले स्कुटीमा चढेर विभिन्न खेलमा सहभागी भई अंक आर्जित गर्ने गरेका आधारमा विजेता घोषणा गरिएको संयोजक सिद्धार्थ जाजोदियाले जानकारी गराए। उनले भने, ‘२४ वर्षदेखि राउन्ड टेबल संस्थागत रूपमा रहे पनि विराटनगरमा चार पटक, वुटवलमा र काठमाडौंमा एक पटक प्याडिलक्स गल्स अन ह्विल्स कार्यक्रम सञ्चालन भएको हो।’

प्रकाशित: १८ चैत्र २०७९ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App