२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

कालिकोटमा आत्महत्या गर्नेको संख्या बढ्दै

घरायसी विवाद, प्रेम तथा यौन सम्बन्ध, सामाजिक हेलाँ, मानसिक तनावजस्ता कारणले आत्महत्याका घटना बढेको प्रहरीले जनाएको छ।

मधेस विरोधी थिए महेन्द्र?

राजा महेन्द्रले मधेसमा उद्योग खोल्नुअघि त्यहाँका मानिस रोजगारीका लागि भारतीय सहरहरूमा जान्थे। ती उद्योग खुलेसँगै नेपाली श्रमिकहरूले मात्र काम पाएका थिएनन्, किसानहरूको समेत जीवनस्तरमा आमूल परिवर्तन आएको थियो।

यस्तो छ, ‘चाडपर्व लक्षित बजार अनुगमन र सुरक्षा योजना’

वस्तु र सेवा प्रदायक उपभोक्ताप्रति इमान्दार नबन्दा बजारमा एकातिर कालोबजारी र महँगी मौलाएको छ भने अर्कोतर्फ बजार अनुगमन गर्ने निकायको प्रभाविकारिता पनि नदेखिएको उपभोक्ता अधिकारकर्मीको गुनासो छ।

विवेकशील अभियानले घोषणा गर्यो 'मिसन बागमती',चुनाव चिन्ह ‘पाइला’

विवेकशील अभियानले मिसन बागमती घोषणा गरेको छ। सशक्त प्रदेशहरू नबनेसम्म संवृद्ध देश बन्न सक्दैन भन्ने निष्कर्षसहित मिसन बागमती घोषणा गरेको अभियानले जनाएको छ।

गठबन्धनभित्रका दलले हैसियत भन्दा बढी सिट खोजेः पूर्वमन्त्री गिरी

‘पार्टीको केन्द्रीय समिति बैठकले गठबन्धन गर्ने निर्णय गरिसकेको छ, तर गठबन्धन ठूलो हेडेकका रुपमा रहेको छ,’ उनले भने। ‘कुनै बेला मेरो घरमा पनि बम पड्काएका हुन्, तर पनि मैले विगतका सबै कुरालाई बिर्सेको छु, राजनीति भनेकै यही हो, विगतलाई बिर्सिनुपर्छ।’

‘सफा हिमाल अभियान’मा सहयोग गर्ने फक्ताङलुङ सहितका पालिकालाई सेनाको प्रशंसापत्र

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मामार्फत यहाँ पठाइएको प्रशंसापत्र फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लाबुङलाई बिहीबार नेपाली सेनाको यहाँस्थित भीमकाली गुुल्मका गुल्मपति अदित श्रेष्ठले हस्तान्तरण गरे।

अन्तर्राष्ट्रिय साक्षरता दिवसः १६ जिल्ला साक्षर घोषणा हुन बाँकी

हालसम्म ६१ जिल्ला साक्षर घोषणा भइसकेको छ भने मधेस प्रदेशका सबै जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा), लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको छ।

डेंगुबाट बच्न काठमाडौँ महानगरद्वारा ‘लार्भा खोज र नष्ट गर’ अभियान

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ। नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेको थियो।

'सदगुरुको सम्मानमा देशभर ३० हजार वृक्षरोपण गर्छौं': वनमन्त्री यादव

सेभ सोइलू अर्थात् माटो जोगाऔँ अभियानसँग नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले ऐक्यबद्धता जनाएको छ।

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा

काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमि लगायतले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका हुन्।

सद्गुरुको ‘माटो जोगाऔँ’ अभियानसँग नेपाल सरकारले सम्झौता गर्ने

'माटो हाम्रो सम्पत्ति होइन, यो अघिल्लो पिँढीबाट हामीमा आएको विरासत हो, र हामीले जीवित माटोको रूपमा यो भावी पिँढीलाई हस्तान्तरण गर्नुपर्छ।'

म बनें कोकाकोला

ऊ पशु चिकित्सक बन्ने तरखरमा थियो। उसको गजबको फोटोग्राफिक स्मृति थियो। ऊ एउटा गम्भीर र भावनात्मक जन्तु थियो, अति शालीन। उसको भकभके स्वभावको एकमात्र औषधी रक्सी थियो। रक्सीको हरेक गिलाससित ऊ मनपर्दाे भएर आउँथ्यो। त्यसपछि एउटा विशेष अवस्थामा पुगेर ऊ अति हास्यास्पद देखिन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्