coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सद्गुरुको ‘माटो जोगाऔँ’ अभियानसँग नेपाल सरकारले सम्झौता गर्ने

सद्गुरुको विश्वव्यापी माटो जोगाऔँ अभियानमा नेपालको ऐक्यबद्धता जागरूक धर्तीसँग सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ। जागरूक धर्तीसँग समझौता ज्ञापनपत्रमा हस्ताक्षर गरी नेपालले समेत सद्गुरुको विश्वव्यापी माटो जोगाऔँ अभियानमा ऐक्यवद्धता जनाउने भएको हो। जागरूक धर्तीअन्तर्गत माटो जोगाऔँ अभियान सुरुवात भएको थियो।

हाल नेपालको लगभग ६० प्रतिशत माटोमा निकै कम जैविक पदार्थ रहेकोले यसलाई रोक्न र माटोको विनाशलाई उल्ट्याउन तत्काल ठोस कार्य गर्नुपर्ने आवश्यकता भएकाले भाद्र १७ गते  गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय तथा वातावरण मन्त्रालयले सद्गुरु र ५ हजार बढी मानिसहरूको उपस्थितिमा समझौता ज्ञापनपत्रमा हस्ताक्षर गर्ने भएका छन्।

माटो जोगाउनको लागि सद्गुरु लगायत मार्चमा थालनी भएको उक्त विश्वव्यापी अभियानको उद्देश्य मरिरहेकको माटोप्रति विश्वको ध्यान आकर्षित गर्नु हो। हामीले खाने ९५ प्रतिशत खाना माटोबाट आउँछन्। माटो र मानव अस्तित्वबीचको अन्तर्निहित सम्बन्धमा जोड दिँदै सद्गुरुले भनेका छन्, 'माटो हाम्रो सम्पत्ति होइन, यो अघिल्लो पिँढीबाट हामीमा आएको विरासत हो, र हामीले जीवित माटोको रूपमा यो भावी पिँढीलाई हस्तान्तरण गर्नुपर्छ।'

सो अभियानले विश्वभरिका राष्ट्रहरूलाई नीतिहरूको माध्यमले कृषि योग्य माटोमा ३-६ प्रतिशत जैविक पदार्थकायम राख्न अपिल गरेको छ। माटोलाई उर्वर र उब्जाउयोग्य राख्न अनि यसलाई बालुवामा परिणत हुनबाट रोक्नको लागि माटोमा कम्तीमा ३-६ प्रतिशत जैविक पदार्थ हुनैपर्छ। जागरूक धरती र नेपाल सरकारबीचको समझौता ज्ञापनपत्रले नेपालको माटोलाई स्वस्थ र समृद्ध राख्नेतर्फ नीतिहरू निर्माण गर्नको लागि प्रतिबद्धताको रूपमा काम गर्नेछ।

ई.एल.डी.का अनुसार हाम्रो धरतीको ५२ प्रतिशत माटो विनाश भइसकेको छ र उब्जाउको लागि अयोग्य भएको छ। खाद्य तथा कृषि संगठन (एफ ए ओ) को अनुमान अनुसार सन् २०५० सम्म जलवायु परिवर्तन र माटोको विनाशले गर्दा केही निश्चित स्थानहरूमा अन्न उब्जनीमा ५० प्रतिशतसम्म कमी आउनसक्छ। यस भयावह संकटलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता बुझेर सद्गुरुले गत मार्चमा यूरोप, मध्य एशिया, मध्यपूर्वी राष्ट्रहरूसहित २७ राष्ट्रहरू हुँदै एक सय दिनमा तीस हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गरी भारतमा समापन गरेका थिए।

सद्गुरुद्वारा पूरा गरिएको यस ऐतिहासिक यात्राले माटो जोगाऔँ भन्ने सन्देशलाई ३.९१ अर्ब मानिसहरू माझ पुऱ्याएको थियो, जसमा नेपालबाट समेत उल्लेखनीय समर्थन प्राप्त भएको थियो। महानायक राजेश हमाल, नायिका करिश्मा मानन्धर, मनिषा कोइराला, नबिल बैंकका पूर्व सि.ई.ओ. अनिल केशरी शाह, चर्चित सेफ सन्तोष शाह, गायिका इन्दिरा जोशी, क्रिक्रेटर पारस खड्का, एफ.एन.सि.सि.आई. की सभापति भवानी राणा लगायत थुप्रैले उक्त अभियानलाई भरपूर समर्थन गरी आवाज उठाएका थिए।

सद्गुरुको यात्राबाट प्रेरित भइ यमबहादुर पुन (नविक पुन मगर) ले सातवटै प्रदेश छुने गरी ३ हजार ५ सय किलोमिटर दौड-यात्रा सम्पन्न गरेका छन्, जसअन्तर्गत उनले स्थानीय संस्थाहरूद्वारा आयोजित जनचेतना मूलक कार्यक्रमहरूमा माटो जोगाउनुपर्ने आवश्यकताको विषयलाई सम्बोधन गरेका थिए। साथै, विश्व साइकल दिवसको अवसरमा ९ सय भन्दा साइकल यात्रीहरूले माटो जोगाऔँ सन्देश फैलाउन साइकल ऱ्याली गरेका थिए।

बसन्तपुर दरवार क्षेत्रमा आयोजित सांगीतिक र सांस्कृतिक कार्यक्रमले मानिसहरूमा सो अभियानको गहिरो छाप छोडेको छ। त्यसैगरी, माटो जोगाऔँ अभियानका स्वयंसेवकहरूले १ सयभन्दा बढी स्कुल र कलेजहरूमा सफलतापूर्वक जनचेतना मूलक कार्यक्रमहरू आयोजना गरेका छन्। विश्वभरि, माटोलाई लोप हुनबाट जोगाउनको लागि ८० राष्ट्रहरूले संकल्प गरिसकेका छन् भने भारतका ९ राज्यहरूले आफ्नो राज्यमा माटो जोगाउनको लागि समझौता ज्ञापनपत्रमा हस्ताक्षर गरिसकेका छन्।

कमनवेल्थका ५४ वटैराष्ट्रहरूले माटोसम्बन्धी नीति लागू गर्ने उद्घोष गरेकछन्, जसअन्तर्गत ९ राष्ट्रहरूले समझौता पत्रमा हस्ताक्षर भएको छ। पर्यावरणसम्बन्धी कार्यहरूमा अग्रसर अन्तर्राष्ट्रिय संगठनहरू जस्तै की आ.यू.सि.एन, संयुक्त राष्ट्रसंघका संस्थाहरू यू.एन.सि.सि.डी, डब्ल्यू.एफ.पी  तथा अन्य संस्थाहरू पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन्।

प्रकाशित: १५ भाद्र २०७९ १५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App