२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हुन्डाई नेपालको वृक्षारोपण अभियान

हुन्डाई नेपालले ‘बिई (भी) द चेन्ज’ वृक्षारोपन अभियान सम्पन्न गरेको छ।

विद्युतीय गाडीको र्‍यालीसहित गरिएको वृक्षारोपणमा २०० भन्दा बढी विरूवा रोपिएको थियो। उक्त वृक्षारोपण अभियान रातमाटे डाँडा सामुदायिक वनको समन्वयमा चुन्नीखेलमा सञ्चालन गरिएको थियो।

कम्पनीले उक्त अभियान पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहल स्वरूप ल्याइएको जनाएको छ। कम्पनीले बिई (भी) अर्थात् ब्याट्री इलेक्ट्रोनिक भेइकल कार्वन न्युट्रालिटीको पर्याय बनेको आजको समयमा ‘बिई (भी) द चेन्ज’ ले हरेकलाई व्यक्तिगत र सामुदायिक स्तरमा दिगोपनका अभ्यास अबलम्बन गर्ने विश्वास लिएको छ।

कार्यक्रममा विभिन्न उमेर समूहको करिब १५० जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ। 

प्रकाशित: ८ भाद्र २०७९ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App