२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा

'स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान' को घोषणा गरिएको छ। 

ललितपुरको हेरीटेज गार्डेनमा आयोजित एक कार्यक्रम मार्फत अभियानको घोषणा गरिएको हो।

काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमि लगायतले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका हुन्। 

सायमि संयोजक रहेको यो अभियानले देशैभरबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहेकालाई एकै ठाउँमा उभिन आग्रह पनि गरेको छ। घोषणा कार्यक्रम अनुसार  सुमन सायमी काठमाडौं ५ बाट ,मधुसुदन पाठक काठमाडौं ९ बाट, विद्या महर्जन ललितपुर ३ बाट, राजाराम तण्डुकार रूपन्देही ५ बाट, दरोस्तभ लोकेन्द्र भक्तपुर २ बाट, सिरीष गुरुङ कास्की २ बाट , भिष्म रानारुपन्देही ५ बाट उमेद्वारका रूपमा अघि सारिएको छ।

प्रकाशित: १६ भाद्र २०७९ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App