३० वैशाख २०८१ आइतबार
image/svg+xml

सदस्यसचिव र कतारका राजदूतबीच भेट

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच बुधबार भेटवार्ता भएको छ।

राष्ट्रपति महिला सहभागिता अभिवृद्धि कार्यक्रम २१ जिल्लामा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधबार बिदाइ गरिएको छ।

‘फिफ्टिन ‘ए’ साइड रग्बीमा जित लक्ष्य

बंगलादेशसँगको रग्बी सिरिजबाट पहिलो पटक ‘फिफ्टिन ‘ए’ साइडमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लागेको नेपालले जित निकाल्ने लक्ष्य राखेको छ।

सदस्यसचिव घिसिङ र डा.सब्रिनाबीच भेटवार्ता

त्रिपुरेश्वरस्थित राखेप सदस्यसचिवको कार्यकक्षमा यी दुईबीच भेटवार्ता भएको हो। अस्ट्रियाकी सब्रिनाले बेइजिङ, लन्डन, रियो र टोकियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन्। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न उनी नेपाल आएकी हुन् र गत मे १६ मा उनले सगरमाथाको सफल आरोहण गरिसकेकी छन्।

दुर्गामानको नयाँ राष्ट्रिय कीर्तिमान

दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

नवौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार गण्डकी प्रदेशमा जेठ तेस्रो साताबाट सुरु हुने नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ।

राखेप सदस्यसचिवको सहयोग

सर्वोच्चले गत चैत २२ गते सिलवालको रिट खारेज गरेपछि सदस्यसचिव घिसिङ पुनः राखेपमा फर्केका थिए । त्यही अनुपस्थित भएको अवधिको सुविधाबापतको रकम सदस्यसचिव घिसिङले कोषलाई हस्तान्तरण गरेका हुन्।

प्रिन्स र रसिलालाई उपाधि

च्याम्पियन भएका प्रिन्स दाहालले नगद १ लाख १५ हजार रूपैयाँ प्राप्त गर्दा उपविजेता बनेका नवीन श्रेष्ठले ५५ हजार रूपैयाँमा चित्त बुझाए।

विवाद, अपारदर्शिता र गतिविधिविहीन उसु

सागमा खरिद गरिएका थाउलोको ५० लाख बराबर र सान्सौंको ४० लाख बराबरको म्याट महासंघकै लापारबाहीका कारण प्रयोगविहीन भइसकेका छन्। घाम र पानीले गर्दा म्याट कुहिएका छन्।

प्रशिक्षण केही दिनमै: घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले केही दिनमै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरिने बताएका छन्।

राखेपमा अस्थायी समाधान

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिवको बर्खास्ती र नियुक्ति प्रक्रियाबारे सर्वोच्च अदालतमा मुद्दा परेपछि दुई महिनादेखि नेपाली खेलकुद संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको थियो।

कराते टोलीको बिदाइ

दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडी सहित ४ सदस्यीय नेपाली कराते टोलीलाई सोमबार बिदाइ गरिएको छ।

स्वर्ण विजेता सम्मानित

प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण विजेता काठमाडौंका खेलाडीलाई व्यक्तिगत रूपमा प्रोत्साहन स्वरूप बुधबार नगद पुरस्कार प्रदान गरिएको छ।

स्तर सुधार्न कार्यदल

खेलाडीको स्तर सुधार गर्ने उद्देश्यअनुरूप राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सात सदस्यीय हाई पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्