२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सदस्यसचिव र कतारका राजदूतबीच भेट

कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबाट उपहारस्वरुप बल ग्रहण गर्दै राखेपका सदस्यसचिव टंकलाल घिसिङ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच बुधबार भेटवार्ता भएको छ। भेटवार्ता त्रिपुरेश्वरस्थित सदस्यसचिव घिसिङको कार्यकक्षमा भएको हो।

भेटका अवसरमा सदस्यसचिव घिसिङले राजदूत युसुफ खेलकुदप्रेमी भएको थाहा पाउँदा खुसी लागेको बताउँदै कतारमा हुने विश्वकपको पूर्वसन्ध्यामा नेपालस्थित दूतावाससँग समन्वय गर्दै राखेप, अखिल नेपाल फुटबल संघ र नेपाल ओलम्पिक कमिटी मिलेर कार्यक्रम आयोजना गर्ने सोच रहेको बताए।

राजदूत युसुफले सदस्यसचिव घिसिङको शुभेक्षाप्रति आभार प्रकट गर्दै नेपाली खेलकुदको विकासका लागि जी टु जीमार्फत प्रस्ताव गरे आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। राजदूत युसुफले मायाको चिनोस्वरूप सदस्यसचिव घिसिङलाई फुटबल उपहार दिएका थिए। सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठको पनि उपस्थिति थियो।

प्रकाशित: ५ श्रावण २०७९ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App