१० मंसिर २०८१ सोमबार
image/svg+xml

लैङ्गिक हिंसा नियन्त्रण गर्न समन्वयकारी काम गर्न आग्रह

मानव बेचबिखन एवं लैङ्गिक हिंसा नियन्त्रण गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ। सोह्रदिने लैङ्गिक हिंसाविरुद्धको अवसरमा सुनगाभा सामुदायिक विकास केन्द्र रुपन्देहीद्वारा शनिबार आयोजित कार्यक्रममा मानव बेचबिखन एवं लैङ्गिक हिंसा नियन्त्रण गर्न सरकार तथा नागरिक समाजले समन्वयकारी काम गर्न आग्रह गरियो।

'अशिक्षा नै महिलामाथि हुने हिंसाको प्रमुख कारण'

सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताएकी छिन्। ‘समानताको पुस्ता स् बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित मङ्गलबार भीमदत्तनगरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले शिक्षित समाज निर्माण गर्नसके मात्रै महिलामाथिका हिंसा हट्ने बताइन्।

महिला हिंसा रोक्न

शान्त, हिंसामुक्त घर, परिवार, समाज र देश बनाउने हो भने भएको सम्पत्तिमा पनि दम्पतीको समान हक कायम गराउनुपर्छ। यसले समाजमा समानता स्थापना गर्न मद्दत पु-याउँछ।

युद्धले जन्माएका अशोक

मानव इतिहासमा भएका विभिन्न किसिमका द्वन्द्व र युद्धले धेरै भौतिक र मानवीय क्षति भएको पाइन्छ। अबको युगमा युद्ध सिद्धान्त, विचार र भावनाको हुनुपर्छ।

दुर्गादेवीमाथि डिजिटल हिंसा

सामाजिक सञ्जाल र अनलाइन मिडियाले निर्मला प्रकरण सामसुम पार्न दुर्गादेवीले लाखौं रुपैयाँ लिएको आरोप लगाइरहेका छन्। समाजशास्त्रीले यसलाई दुर्गादेवीविरुद्ध डिजिटल हिंसाको संज्ञा दिएका छन्।

महिला हिंसा अन्त्य गर्न आह्वान

महिला हिंसा निर्मूल पार्ने सम्वन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले महिला हिंसा अन्त्य गर्ने अभियानलाई सरोकारवाला सबै मिलेर सफल पार्नु पर्नेमा पनि जोड दिएका छन्। ‘सरकारी पक्ष, निजी क्षेत्र, नागरिक समाज र हरेक आमनागरिकलाई हातेमालो गरेर महिला हिंसाविरुद्धको अभियानमा लाग्न आग्रह गर्दछु,’ महासचिव गुटेर्रेसले दिएको शुभकामना सन्देश उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

बैसठ्ठी प्रतिशत महिला घरेलु हिंसामा

गत आर्थिक वर्षमा मुलुकभर महिलामाथि एक हजार ३ सय १९ हिंसाका घटना भएका छन्। महिला पुनःस्थापना केन्द्र (ओरेक) ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक ‘अन्वेषी’ मा सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको जनाइएको छ।

मूलपानीमा हिंसामा परेका महिलालाई आश्रय स्थल

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा हिंसामा परेका महिलाका लागि मूलपानीमा आश्रय स्थल (सेफ हाउस) सञ्चालन गरिएको छ। एपेरियन नामक गैरसरकारी संस्थाले डेढ रोपनी क्षेत्रफलमा सात करोड रूपैयाँको लागतमा आश्रय स्थल निर्माण गरेको हो।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पाल्पामा पनि सुरू गरिएको छ।

महिला हिंसा के हो ?

महिला भएकै कारण राज्यले बनाएको कानुन, सामाजिक परम्परा, पितृसत्तात्मक मूल्य–मान्यता, महिलामाथि हुने यौनजन्य हिंसा– यी सबै महिला हिंसा अन्तर्गत पर्छन्। किनभने भेदभाव गर्नु वा विभेद गर्नु पनि हिंसा नै हो।

महिला बालबालिका माथि हुने हिंसा अन्त्य पहिलो प्राथमिकता : मन्त्री गुरुङ

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार गरेका छन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै नवननियुक्त मन्त्री गुरुङले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन्।

लैंगिक हिंसाविरुद्ध कर्णालीका जनप्रतिनिधि एकजुट

कर्णालीका जनप्रतिनिधिहरू लैंगिक हिंसा अन्त्यका लागि एकजुट हुने प्रतिबद्धता जनाएका छन्। मदिराका कारण कर्णालीका महिला हिंसामा पर्ने गरेको भन्दै उनीहरू यसको अन्त्यका लागि एकजुट भएका हुन्।

प्रहरीमा घरेलु हिंसाका उजुरीको चाङ

श्रीमान नरेश (नाम परिवर्तन) ले पनि उनको वैदेशिक यात्रामा कुनै अवरोध गरेनन्। बरु घर र बच्चाको हेरविचार गर्छु भनेर हौसला थपिदिए। त्यतिबेला डेढ वर्षको काखे बच्चा परिवारलाई सुम्पेर विदेश जान आटेकी जमुनालाई भन्दा बच्चाको बढी पीर परिवारका अन्य सदस्यलाई थियो। काखे बच्चा केही हुने हो की भनेर सासू–ससुराले नजान आग्रह पनि गरेका थिए। तर, जमुनाले मानिनन्, एकोहोरा योजना बनाइन्। पैसा कमाएर फर्कन्छु भन्दै २०७० मा उनी क्यानडा प्रस्थान गरिन्। काखे बालक छाडेर क्यानडा पुगेकी उनी उता गएपछि निस्ठुरी बनिन्। परिवार त के एक वर्षको बच्चाको हालखबरबारे समेत बुझ्न खोजिनन्।

आयोगलाई पूर्णता देऊ

मुलुक १० वर्षसम्म हिंसामा फस्यो। नेकपा माओवादीले सुरु गरेको ‘जनयुद्ध’ नामक यो हिंसा मुलुकका लागि आवश्यक थियो वा थिएन भन्ने बहस अझै जारी छ। अझै धेरै वर्ष चलिरहने पनि छ। यो बहसकै बीचमा गठन भएका दुई आयोग (सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग) ले यो हिंसात्मक द्वन्द्वका क्रममा पीडित र पीडक पहिचान गर्ने अपेक्षा गरिएको थियो। सँगै पीडकलाई सजाय र पीडितलाई न्याय दिलाउने अर्थात एकअर्काविरुद्धको द्वेष मेटाउने अपेक्षा गरिएको थियो। विडम्बना, यी आयोगले ४ वर्षसम्म तलव÷भत्ता ग्रहण गर्नेबाहेक उल्लेखनीय काम गर्न सकेनन्।

मदिरा र महिला हिंसा

धन, स्वास्थ्य, समाज र परिवार नै ध्वस्त पार्ने मदिराको उत्पादन तथा पिउने चलनलाई नियन्त्रण मात्र होइन, निषेध नै गर्नु जरुरी भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्