२२ वैशाख २०८१ शनिबार
image/svg+xml

किसान महासङ्घले बुझायो मुख्यमन्त्रीलाई मागपत्र

नेपाल किसान महासङ्घले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष पाँचबुँदे माग प्रस्तुत गरेको छ।

वालिङमा रक्त सञ्चार केन्द्र स्थापना

स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो।

अर्घाखाँचीमा कांग्रेस एमाले जुहारी

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अवैध तरिकाले रकम असुली कार्यमा अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी र उनका छोराको संलग्नता भएको विवादमा दुई दलबीच जुहारी चलिरहेको छ।

सरकार बनाउन एमाले अनुचित खेलमा नलाग्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्माणको ‘अनुचित खेल’ मा आफ्नो पार्टी सहभागी नहुने बताएका छन्।

नेकपा समाजवादीका अध्यक्ष बस्नेत घर तोडफोड

'करिब आठ जनाको समूह आएका थिए तर घरभित्र भने तीन जनामात्रै आएका थिए, कान्छो छोरा आडम मसँगै थियो, एक जनाले हातमा पेस्तोल लिएको थियो, त्यसले सिधैँ हामी सुत्ने कोठामा आएर मेरो पेस्तोल कन्चटमा राखेर डर, त्रास र धम्की दियो, अरुले अन्य कोठामा खोजी गरे। तर उहाँलाई देखेनन्, मेरो जेठो छोरा आदेशसँगैको कोठामा सुतेको थियो, उ उठेर आएपछि एक जनाले उसलाई समाउन खोज्यो, अर्कोले त्यो होइन छाडिदे भने पछि गालामा हान्यो र ढोका तोडफोड गरेर फर्किए।'

एमाले जिल्ला अध्यक्षको जिम्मेवारी महेश बस्नेतलाई

नेकपा (एमाले) जिल्ला अध्यक्षको जिम्मेवारी महेश बस्नेतले पाएका छन्। पार्टीको जिल्ला सचिव रहेका बस्नेतलाई आज (शनिबार)को सचिवालय बैठकले अध्यक्षको जिम्मेवारी दिएको हो।

पार्टी एकता जोगाउन गण्डकी प्रदेशका एमाले जिल्ला अध्यक्षहरुको संयुक्त अपिल

गण्डकी प्रदेशका नेकपा एमालेका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन सामुहिक अपिल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको तिक्तता बढेर फुटको दिशामा गएपछि गण्डकी प्रदेशका एमालेका ११ वटै जिल्ला अध्यक्षहरुले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी एकता जोगाउन सामुहिक अपिल गरेका हुन् ।

नेकपाको नेतृत्वका लागि ५ जनाको नाम सिफारिस

डोल्पामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस भएको छ। अध्यक्षमा तत्कालिन माओवादीका तर्फबाट जिल्ला इन्चार्ज मालबहादुर रोकाय र सचिवमा जंगलबहादुर रोकायलाई सिफारिस गरिएको छ। त्यसैगरी तत्कालिन एमालेका तर्फबाट अध्यक्षमा दत्तबहादुर रोकाय, हंशबहादुर शाही र बबिकिशोर गुरुङ्गको नाम केन्द्रमा सिफारिस गरिएको पूर्व माओवादीका जिल्ला इन्चार्ज नैनप्रसाद पहाडीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्