१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कांग्रेस अधिवेशन: ललितपुरमा देउवा पक्ष बलियो

बागमती गाउँपालिका, महांकाल गाउँपालिका र गोदावरी नगरपालिकामा देउवा समूहका निर्विरोध सभापतिमा चयन भएका हुन्। बाँकी तीन पालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।

स्थानीय तहका अधिवेशन सम्पन हुँदै

धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका सभापति उम्मेदवार श्याम पोखरेल र उनको प्यानल विजयी भएको छ।

कांग्रेस अधिवेशनमा शिक्षकलाई नखटाउने निर्णय

नेपाल शिक्षक सङ्घले शिक्षकलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा हुने कुनै पनि निर्वाचनको मतदान अधिकृतमा नखटाउने निर्णय गरेको छ।

थप पाँच जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप पाँच जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ।

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ। कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ।

अन्योलमा कांग्रेस महाधिवेशन

तल्लो तहका अधिवेशन प्रभावित हुँदा महाधिवेशन तोकिएको मितिमा गर्न नसकिने भन्दै आगामी केन्द्रीय समितिको बैठकबाट नयाँ मिति तोक्ने तयारी छ। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सकेसम्म फागुन, नभए पनि पुससम्म महाधिवेशन सार्ने पक्षमा देखिएको छ।

कांग्रेसभित्रै ‘कमजोर लोकतन्त्र’

क्रियाशील सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा महिनौंदेखि धर्ना, अनशन जारी छ। सदस्यताको विषयमा पक्ष र विपक्षमा नेताहरूको जुलुस र धर्नाले कांग्रेसको महाधिवेशन होइन अन्य दलसँग चुनावी प्रतिस्पर्धा भइरहे जस्तो देखिन्छ।

चुनवामा होमिएका अधिकांश कांग्रेसी पत्रकार विजयी

समग्रमा हेर्दा चुनावमा होमिएका काग्रेसी पत्रकार वडा प्रतिनिधि र वडा समितिमा पदाधिकारीमा चयन भएका छन्।

कांग्रेसको पदाधिकारी बैठक बस्दै

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः०० बजे बस्ने बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने उनका प्रमुख स्वकीयसचिव भानु देउवाले जानकारी दिए।

कांग्रेसमा वडासम्मै धाँजा

देउवाले पार्टी कब्जाको नीति लिएको आरोप लगाउँदै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालासहितले निर्वाचन समितिलाई डडेलधुराको पुनः वडा अधिवेशन गराउन पत्र बुझाएका छन्। संस्थापन पक्षले भने डडेलधुरामा विधिअनुसारै सदस्यता स्वीकृत गरिएको र वडा अधिवेशन भएको जिकिर गरेको छ।

बुधबार सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये बुधबार सात जिल्लामा अधिवेशन हुँदैछ।

पार्टी र सरकारमा एक्लिँदै देउवा

असार २९ गते प्रधानमन्त्री भएका देउवा नेतृत्वको सरकार गठबन्धन दलबीच सहमति जुट्न नसक्दा पाँच सदस्यमा सीमित छ । मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइसँगै देउवाको आलोचना बढ्दै गएका बेला उनले आफ्नै पार्टीमा निकटहरूको पनि साथ गुमाउँदैछन् ।

धरान नगर कांग्रेसमा नेतृत्वका लागि रस्साकस्सी

कम्युनिस्टको गढ धरानमा गत स्थानीय तह उपनिर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवारलाई हराउँदै पहिलोपटक कांग्रेस उम्मेदवार तिलक राईले मेयर जितेका थिए । त्यसैले पनि धरानमा कांग्रेसको नेतृत्वमा पुगेर आगामी स्थानीय तह निर्वाचनबाट पनि स्थानीय सरकारमा कब्जा जमाउने दाउ दुवै पक्षमा रहेको देखिन्छ।

साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस

पौडेल पक्षबाट सभापतिका आकांक्षी चार नेता आफ्नो अडानबाट पछि हटेका छैनन्। उनीहरूले आआफ्नै पक्षमा भित्रभित्रै तयारी गरिरहेका छन्। उनीहरू अहिले वडा तहबाटै आफू निकट प्रतिनिधिहरू बढीभन्दा बढी ल्याउने र बलियो भएको सन्देश दिने रणनीतिमा छन्।

निधितिर खुल्ने शर्माको संकेत

बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा बिहीबार सुन्दरीजल पुगेका शर्माले बिपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पणसहित दिउँसो १ बजेर ७ मिनेटमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्